मैथिली कोषद्वारा आयोजना

मैथिली कोषद्वारा आयोजना

कपन अनलाइन, जनकपुरधाम, १५ मङ्सिर ।

जनकपुर साहित्य– कला उत्सव– २०७३ यहाँ आयोजना हुने भएको छ ।

मैथिली विकास कोषद्वारा यही मङ्सिर २६ गतेदेखि २८ गतेसम्म आयोजना हुने सो उत्सवमा भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका बारेमा बहस हुने जनाइएको छ ।

उत्सवमा मिथिला लोककला, पुस्तक र नाटक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम समेत हुने छ ।

नेपाल र भारतका विद्धान, विदूषि, सामाजिक अभियन्ता तथा राजनीतिकर्मीको सहभागिता रहने सो उत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।