सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको छैठौँ वार्षिक साधारण सभा सम्पन्न नगरप्रमुखले गरे कृयापुत्री भवन उद्घाटन

कपन अनलाइन, १४ मंसिर, २०७३
कपनमा रहेको सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको छैठौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सिदेश्वर महादेव मन्दिर प्राङ्गणमा भएको वार्षिक साधारण सभामा नगरपालिकाका प्रमुख विश्वराज मरासैनी तथा नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सिदेश्वर महादेव मन्दिर संरक्षण समाजले निर्माण गरेको ६ कोठे समुदायिक तथा कृयापुत्री भवनको कार्यकारी प्रमुख मरासैनीले उद्घाटन गरेका थिए । उक्त उद्घाटित भवनमा ६ कोठा रहेको संरक्षण समितिका अध्यक्षले जानकारी गराएका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्षले र आर्थिक प्रतिवेदन कोषाध्यक्षले प्रस्तुत गरेका थिए ।
15205630_916827585086093_102824201_o
कार्यक्रममा संस्थाका पूर्व महासचिव लक्ष्मी संग्रौलाले वर्तमान कार्य समितिको कार्यहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा ३ दर्जन भन्दा धेरै वृद्ववृद्वालाई समाजले सम्मान गरेको थियो भने कार्यक्रममा काँग्रेसका नगर प्रतिनिधि राजाराम बुढाथोकी बाहेक अन्य नगर प्रतिनिधि दलका राजनैतिक प्रतिनिधिहरुको अनुपस्थिति रहेको थियो । तर नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि रामप्रसाद लुइटेल, बूनपा १२ का काँग्रेस सभापति श्याम डोटेल, नेकपा एमालेका अध्यक्ष नवराज भट्टराई, राप्रपाका विनोद खतिवडा, विप्लव माओवादीका बेदुकाजी घिमिरे लगायत राजनितिक दलका प्रतिनिधिहरुको भने उल्ख्यनिय उपस्थिति रहेको थियो ।
पण्डितले गरे दक्षिणा फिर्ता 
15216002_916827461752772_71035116_o
भनिन्छ ब्राम्हण जातिहरुको पुख्र्यौली पेशा यजमानी हो । यजमानले दिएको दक्षिणा पुगेन भन्दै स्राप दिने ब्राम्हणहरु पनि उपनिवेश पौराणिक कथाहरुमा पढ्न सकिन्छ । तर शनिवार कपनको सिद्धेश्वर महादेव मन्दिर प्राङ्गणमा एउटा छुट्टै प्रेरक घटना देख्न पाइयो । घटना त्यति बेला घट्यो जतिवेला सिद्धेश्वर महादेव मन्दिरमा विभिन्न सप्ताह, महापूराण तथा नैतिक प्रवचन दिदैँ आएका  * पण्डित माधव  प्रसाद पौडेललाई नगरप्रमुखले सम्मान गर्ने वित्तिकै नगरप्रमुखको हातबाट तत्काल माइक आफ्नो हातमा लिदै उनले खल्तिबाट मन्दिर संरक्षण समितिले दिएको रु.१५ हजार दक्षिणा संरक्षण समितिका कोषाध्यक्षलाई फिर्ता गरे ब्राम्हणको दक्षिणा फिर्ता लिदाँ मलिनो अनुहार लगाउँदै फिर्ता लिइन ।
केही क्षण पछि सम्मानित व्यक्तित्व पण्डित पौडेलको  बारेमा अध्यक्ष उद्वव भटराईले माइक हातमा लिएर भने पण्डित बाले यस मन्दिरलाई ठुलो गुण लगाउनु भएको छ भने, ‘बिहान ५ बजे आउनुहुन्छ मन्दिरमा विधि विदान अनुसार पुजापाठ गराउनु हुन्छ । विभिन्न चार्डपर्वहरुमा पुराणहरु भन्नु हुन्छ आज देखि हैन मन्दिर स्थापना काल देखिनै हो । तर आज सम्म उहाँले दक्षिणा तथा भेटी लिनुहुन्छ तर हामीलाई नै बुझाउनुहुन्छ ।  भन्नु हुन्छ “मन्दिर राम्रो बनाउँ ।”  उहाँ जस्तो व्रामाणलाई समान गर्न पाउदा हर्ष विहोर छौ । र यो सम्मानले ब्राम्हणले दक्षिणा नलिदाँ हामीलाई लागेको पाप काटिन्छ होला ।’ मन्द मुस्कानमा उनले भन्दा कार्यक्रममा उपस्थित रहेकाहरुको तालीको आवजले केही क्षण सिद्धेश्वर महादेव मन्दिर परिसर गुन्जयमान भएको थियो । 
मन्दिरको जग्गा संरक्षण गरि पाउँ
15204227_916827371752781_1155862917_o
 कार्यक्रममा बोल्दै संरक्षण समितिका पूर्व महासचिव लक्ष्मी संग्रौलाले मन्दिरको जग्गा २१ रोपनी भन्दा धेरै लालपुर्जामा देखिन्छ । तर हाल संरक्षण समितिसँग मुस्किलले १८ रोपनी मात्र रहेको बताए । उनले भने बसाईसराई हुँदै नयाँ व्यक्तिहरुले मन्दिर नजिकै घरजग्गा खरिद गर्नुभएको छ । तर उहाँहरुले भोक चलन गर्नुभएको जग्गा मन्दिरको हो । तर यहाँ अघि संरक्षण सम्बन्धि चासो नहुँदा भूमाफियाहरुले जग्गा बेची दिए यो कुरा मैले विभिन्न स्थानहरुमा उठाउँदै आएको हो भन्दै संग्रौलाले विश्वास लाग्देैन भने पहिला गाविस थियो उसले पटकपटक नापजाँच गरेको थियो तर केही बोलेन अब नगरपालीका बनिसकेको छ । नगरप्रमुख यही समारोहमा भएकोले  मन्दिरको जग्गा संरक्षण गरि पाउँ ।
नगर प्रमुख : सार्वजनिक जग्गा मिचेर बनाइएको संरचनामा डोजर चलाउँछु 
15215986_916827515086100_951386670_o
कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासैनीले नगरपालिकाले बृद्धबृद्धा प्रति गर्नुपर्ने सम्मान कार्यक्रम समितिले गरेकोमा धन्यवाद दिए । सार्वजनिक जग्गा अतिक्रमण प्रति नगरपालिकाको चासो व्यक्त गर्दै अधिकृत मरासैनीले सार्वजनिक जग्गामा बनेको संरचना डोजर लगाएर भत्काउने बताउँदै कोही कसैले पनि त्यस्तो संरचनाको सिफारिस लिएर नआउन आग्रह गरे । उनको यस्तो अभिव्यक्ति सुनिसकेपछि बिहानैबाट मन्दिर आासपासको सार्वजनिक जग्गाबाट बाटो बनाउने सोच सहित उपस्थित भएका मानिसहरु लुसुक्क निस्केका थिए ।
* पण्डित माधव  प्रसाद पौडेल हुनुपर्ने मा अन्यथा भएकोले सच्याइएको छ  । सम्पादक  
तपाइँको प्रतिक्रिया ।