नेपालमा पहिलो पटक खुल्यो ताइवानी रेस्टुरेन्ट

नेपालमा पहिलो पटक खुल्यो ताइवानी रेस्टुरेन्ट

कपन अनलाइन,५  मंसिर  ,काठमाडौँ ।

काठमाडौँ — नेपालमा पहिलो पटक ताइवानी रेस्टुरेन्टको स्थापना भएको छ । काठमाडौँको भाटभटेनीमा ताइवानीहरुले नै ‘हेप्पी ववल क्याफे रेस्टुरेन्ट’ स्थापना गरेका छन् ।

20161118_193737

ताइवानमा खानपिन तथा जीवशैलिमा कलम चलाएकी ताइवानी पत्रकार वाइवाइलगायतको टोलीले सो रेस्टुरेन्ट खोलेका हुन् । भुकम्प अघि काठमाडौँको ठमेलमा सुरु गरेको रेस्टुरेन्टमा भुकम्पले गर्दा छोड्न परेपछि उनी नेपालमा खालि नै बसेकी थिइन ।

20161118_195010
शनिबारदेखी संचालनमा आएको उत्तः क्याफेमा ताइवानमा अत्यादित रुचाइएका परिकार सहित नेपाली खान पनि पाइन्छ । विगत १० बर्ष देखी नेपालसंग नजिक रहेकी वाइवाइले चाइनिज भाषामा नेपाल सम्बन्धी एउटा पुस्तक पनि लेखेकी छन् । उक्त पुस्तक नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले पनि मन पराएका थिए ।केही समय भुकम्प पिडितको पिडामा मलम लगाउन व्यस्त ताइवानी नागरिक वाइवाइले नेपालमा व्यवसायसंगै समाजसेवा पनि गर्न आएको बताइन ।

20161118_193341
समाजसेवा गर्न नेपाल आएकी वाइवाइले भुकम्प पछि नुवाकोट र काभ्रेमा गरि दुई दर्जन भन्दा वढि घर बनाई स्थानीय जनतालाई हस्तान्तरण गरिसकेकी छन् । उनलाई नेपालबाट पत्रकार तथा यूवा व्यावसायी शान्त शर्माले सहयोग गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।