गुरु नानकका सम्मानमा सद्भावयात्रा

गुरु नानकका सम्मानमा सद्भावयात्रा

कपन अनलाइन ,काठमाडौँ, ४ मङ्सिर ।

शिख धर्मका प्रवत्र्तक गुरु नानक नेपालमा आएको ५०० वर्ष पुगेका अवसरमा गुरु नानकदेव सेवा सोसाइटीले आज यहाँ सद्भावयात्रा आयोजना गरेको छ ।
download
शिख धर्मका प्रतिनिधि समेत सहभागी पदयात्रा बिहान थापाथलीबाट सुरु भई बालाजु पुगेर समापन भएको थियो । पदयात्रामा मलेसिया, बेलायत र क्यालिफोर्नियाबाट पनि प्रतिनिधि आएको सोसाइटीका नेपाल संयोजक तथा पशुपतिस्थित निर्मल अखडाका महन्थ स्वामी गोकुलानन्दले बताउनुभयो ।

सो अखडाले पशुपतिमा हुने दैनिक शिर पूजाका लागि माला तयार गर्नाका साथै हरेक बिहान करिब तीन सय असहाय र साधुलाई निःशुल्क भोजन गराउँदै आएको छ । यही मङ्सिर ८ देखि १० सम्म पशुपतिस्थित सुमार्गी भवनमा गुरु नानकको प्रवचन तथा सम्मान कार्यक्रम पनि गरिने छ ।

मल्लकालमा वनारसबाट गुरु नानक नेपालमा आई ११ महिना बिताउनुभएको थियो । हरेक कात्तिक पूर्णिमामा विश्वव्यापी रुपमा उहाँको जन्मजयन्ती मनाइन्छ । सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पन्जाबमा जन्मनुभएका गुरु नानकको सन् १५३९ सेप्टेम्बर २२ मा कर्तारपुरमा निधनभएको थियो । एक मात्र ईश्वरमा आस्था राख्ने शिखधर्मले सत्यपूर्ण जीवन, मानवताबीच समानता, सामाजिक न्याय तथा रुढिवाद र तथा अन्धधार्मिक क्रियाकलापको विरोध गर्न सिकाउँछ । रासस

तपाइँको प्रतिक्रिया ।