‘आँकुरा’ कविता तथा गीतिसङ्ग्रह सार्वजनिक

कपन अनलाइन, काठमाडौँ, २५ कात्तिक ।

साहित्यकार राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘आँकुरा’ कविता तथा गीतिसङ्ग्रह सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाद्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृति विमोचन गर्दै प्रवासमा बसेर नेपाली साहित्यलाई माया गर्नु ठूलो कुरा हो भन्दै कृतिमा मुलुकले भोगेका विभिन्न समस्या अटेको बताउनुभयो ।

प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले लेखक सोझो भए पनि ‘आँकुरा’ भने उग्रवादी शैलीमा लेखिएको विचार व्यक्त गर्नुभयो । सष्टा श्रेष्ठले आफू पेसाले इन्जिनियर भए पनि अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क शाखाको प्रेरणाले उक्त कृति निकाल्न सफल भएको बताउनुभयो ।

उदयपुरमा जन्मनुभएका लेखक हाल अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्क शाखाले प्रकाशन गरेको ‘आँकुरा’मा राष्ट्र र मानवीय प्रेममा केन्द्रित ९६ गद्य कविता तथा गीत समावेश छन् । रासस

तपाइँको प्रतिक्रिया ।