कर्माछिरिङको बिजयी बाटो खुल्यो, ८ गते एन्फामा चुनाव हुने निश्चित

कर्माछिरिङको बिजयी बाटो खुल्यो, ८ गते एन्फामा चुनाव हुने निश्चित

karma-ji

कपन अनलाइन, ५ कात्तिक २०७३

अन्ततः तमाम षडयन्त्रको बावजुद अखिल नेपाल फुटबल संघ एन्फामा पूर्वनिर्धारित कार्तिक ८ गते हुने भनिएको चुनाव पक्का भएको छ । एन्फाको निर्वाचनमा कर्माछिरिङ शेर्पाको बिजय हुने लगभग निश्चित देखिएपछि लोकबहादुर शाहीले निर्वाचन रोक्न अदालती प्रकृया अपनाएका थिए । आज काठमाडौं जिल्ला अदालतले असोज ६ गते गरेको स्टे अर्डर खारेज गरेपश्चात ८ गतेको निर्वाचन निश्चित भएको हो ।
एन्फाको इतिहासमा पहिलोपटक हुन लागेको निर्वाचनबाट नेतृत्व चयन प्रकृयामा कर्माछिरिङ शेर्पालाई निश्चित विजेता मानिएको छ । शेर्पासँगै अर्का उपाध्यक्ष नरेन्द्र श्रेष्ठ अध्यक्ष पदमा चुनावी प्रकृयामा भिड्दै छन् भने उपाध्यक्षमा दीपक खाती, मणि कुँबर र उपेन्द्रमान सिंह चुनावी प्रकृया भिड्दै छन् ।
६९ भोट रहेको एन्फामा ३५ भोट ल्याउनेले चुनावी प्रकृयामा बिजेता बन्नेछ । प्रारम्भिक सर्वेक्षणमा अध्यक्ष पदका उम्मेदवार कर्माछिरिङ शेर्पाले ४० भन्दा बढि मत ल्याएर विजेता बन्ने देखिएको छ ।

तपाइँको प्रतिक्रिया ।