फुटबलर रोनाल्डोसँग भड्कियो दुनियाँ, बुद्धप्रति अनादारको आरोप

फुटबलर रोनाल्डोसँग भड्कियो दुनियाँ, बुद्धप्रति अनादारको आरोप

कपन अनलाइन, ५ कात्तिक, २०७३

रियलमड्रिडका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले  बुद्धको मुर्तिसँग अनादार किसिमले फोटो खिचाएर इन्स्टाग्राममा हालेपछि दुनियाँभर उनको बिरोध भएको छ । बुद्धको मूर्तिसँग खिचिएको फोटोमा रोनाल्डोले बुद्धमाथि अनादर गरेको सबैले अनुमान गर्न सक्छन् । दक्षिणपूर्वि एसियाका धेरै व्यक्तिले रोनाल्डोको यो फोटोप्रति तिखो बिरोध गरेका छन् । बुद्धलाई देवताको रूपमा मान्ने नेपाली समाज रोनाल्डोको यो बचकना हरकतप्रति रुष्ट भएको छ । सामाजिक संजालमा जताततै रोनाल्डोको बिरोधमा स्वरहरू प्रकाशित भैरहेका छन् । यो बारे रोनाल्डोले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाइँको प्रतिक्रिया ।