काठमाडौंको उत्तरी भेकलाई सुरक्षित बनाउँदै नायब उपरिक्षक गोविन्द पुरी

काठमाडौंको उत्तरी भेकलाई सुरक्षित बनाउँदै नायब उपरिक्षक गोविन्द पुरी

https://youtu.be/2acH1ogIhdI

 कपन अनलाइन, ३ कात्तिक, २०७३
काठमाडौंको उत्तरी भेक सुरक्षाको दृष्टिले संबेदनशील मानिन्छ । महाराजगञ्ज प्रहरी वृतले हेर्ने यो क्षेत्रलाई कसरी सुरक्षित बनाउने बारे बृत्त प्रमुख प्रहरी * नायब उपरिक्षक गोविन्द पुरी निकै सजग छन् । चोरी, लुटपाट, लागुऔषध र गुण्डागर्दीसहित दुुर्घटनाका विषयहरुले घेरिने यो वृत्तले महानगरको कतिपय वडाहरुसहित टोखा, झोरसम्मको इलाकामा सुरक्षाको प्रत्याभति दिँदै आएको छ । गोविन्द पुरी यस वृत्तमा आएपछि यस क्षेत्रको सुरक्षास्थिति निकै नै प्रभावकारी रहेको धेरैले बताउँछन् । टोखा क्षेत्रबाट समाजसेवा र राजनीतिमा सक्रिय मनिष जोशी नयाँ डिएसपि साब् आएपछि उहाँको सक्रियता र क्रियाशीलताले सबैलाई प्रभावित बनाएका बताउँछन् ।

img_0338
२ गते अपरान्ह वृत्तमा भेटिएका नायब उपरिक्षक गोविन्द पुरीले चाडबाडको बेला हुने सुरक्षाका समस्या र समाधानमा आफूले गरेका कामहरु प्रस्ट्याउँदै थिए । झोर क्षेत्रबाट चोरी र लुटपाटमा संलग्न चोरहरुका बारेमा जानकारी दिँदै थिए पुरी । यस क्षेत्रमा नगदचोरीमा संलग्न गिरोहलाई सार्वजनिक गर्ने तयारी छन् उनी । झोर क्षेत्रमा ४ लाख नगदसहित समातिएका २ जनाको सोधपुछ र बयानका आधारमा उनले सो गिरोह सार्वजनिक गर्दैछन् । देख्दा सामान्य भेषभुषा र प्रकृतिका देखिने तर गम्भीरखाले अपराधमा सलग्न हुनेहरुको संख्या बढ्दै गएको बताउँदै पुरीले सर्वसाधारणले पनि सचेत भएर आफ्नो सुरक्षामा ध्यान दिनु पर्ने बताए । पुरीले टोखा झोरबाट हालै ८ लाख नगद चोरी गरेर फरार रहेका नुवाकोट भाल्चे घरभै झोरमै डेरागरी बस्ने १७ वर्षीय चन्द्र बहादुर तामाङ र १९ वर्षीय सुजन तामाङलाई सार्वजनिक गरेका थिए ।

तिहारको मुखमा पटाकालगायत अन्य अपराधिक कृयाकलाप हुन नदिन आफू सचेत रहेको पुरीले कुराकानीको क्रममा बताए । चाडबाडको बेला पारेर धेरैले बिभिन्न दाउ गरेर बसेको हुने बताउँदै त्यस्ता गतिबिधि धेरै हुने ठाउँमा बृत्तले धेरै सक्रियता बढाएको उनको दावी थियो । छोटो समयमा राम्रो काम गरेर धेरै चर्चा पाएका पुरी सामाजिक कृयाकलापमा पनि संलग्न भैरहने व्यक्तित्व हुन् । उनकै सक्रियतामा हालै प्रहरी तथा अन्य संघसंस्था मिलेर टिचिङ अस्पताल परिसर सरसफाई गरिएको थियो ।

  • प्रहरी  नायब उपरिक्षक हुनुपर्नेमा  अन्यथा हुनगयेकोले  सच्याइएको  छ । सम्पादक कपन अनलाइन डट कम
तपाइँको प्रतिक्रिया ।