सवइन्जिनियर खगेन्द्रको भिडियो मोडलिङ

कपन अनलाइन,बुनपा , ३० असोज ।

बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनियर खगेन्द्र श्रेष्ठ भिडियो मोडल भएका छन् । प्रतिभाशाली श्रेष्ठ बुनपाका उत्कृष्ट प्राविधिकरुपमा चिनिन्छन् । उनले गायक जितेन लेप्चाको आमाको मायाको सिमाना हुँदैन भन्ने सन्देशमुलक गीतको म्यूजिक भिडियोमा नायकको रुपमा अभियन गरेका छन् ।

सानैदेखि अभिनयमा सौखिन खोटाङ दिक्तेलका खगेन्द्रले जिरी टेक्निकल स्कूलबाट सब इन्जिनियर पास गरेका श्रेष्ठ हाल एसियन इन्जिनियरिंग कलेजमा  अध्यनरत छन्  । २०३९ सालमा जन्मिएका उनी गीत संगीत अभिनयप्रति अत्यन्त रुचि राख्छन् । सानामा स्कूल पढ्दा सरस्वती उमाविमा पनि विद्यालयका अतिरिक्त कृयाकलापा सक्रिय सहभागि भैरहन्थे ।

जितेन लेप्चाकै शब्द, संगीतमा बनेको गीतमा खगेन्द्रले सरीता गिरी र असिम ओलीका साथ अभिनय गरेका छन् । गीत युट्युव तथा टिभिमा चर्चित बन्दै गएको छ ।

तपाइँको प्रतिक्रिया ।