कर्माछिरिङको स्थिति राम्रो देखिएपछि, कार्तिक ८ को चुनाव भाँड्ने षडयन्त्र !

कर्माछिरिङको स्थिति राम्रो देखिएपछि, कार्तिक ८ को चुनाव भाँड्ने षडयन्त्र !

karma

कपन अनलाइन, २७ असोज, २०७३

नेपाली फुटबलको महत्वपूर्ण संस्था एन्फा यतिखेर नेतृत्व परिवर्तनको मोडमा छ । नेपाली फुटबलकै इतिहासमा पहिलोपटक निर्वाचन पद्धतिबाट हुन लागेको छ । एन्फा अध्यक्षमा गणेश थापाको २० वर्षे निरंकुश कार्यकाललाई हटाउँदै निर्वाचनका लागि तोकिएको कार्तिक ८ को मिति नजिकिँदै गर्दा सो निर्वाचन हुन नदिने किसिमको वातावरण देखिन थालेको छ । अध्यक्ष र उपाध्यक्षका लागि कार्तिक ८ गते हुने भनिएको निर्वाचनमा कर्माछिरिङ शेर्पा समूहको स्थिति मजबुत भएपछि यो षडयन्त्र हुने अवस्था सृजना भएको बताइएको छ ।

कर्माछिरिङको अवस्था मजबुत भएको देखिएपछि फुटबल क्षेत्रमा तरलता ल्याएर राजनीतिक अभिष्टता पूरा गर्ने सोच अनुसार दशैँको पूर्वसँध्यामा एन्फा अध्यक्ष र उपाध्यक्ष पदमा भएको उम्मेदवार मनोनयन प्रकृया गलत भएको भन्दै पूर्व राष्टिय खेलाडी लोकबहादुर शाहीले अदालती प्रकृया अपनाएका छन् । शाहीद्वारा दायर गरिएको मुद्धालाई जिल्ला अदालतले कार्तिक ५ गतेसम्मका लागि स्टे अर्डर दिएको छ । ८ गते चुनावी प्रकृया हुन लागेको बेला शाहीले मुद्धाद्वारा एन्फाको निर्वाचन प्रकृयालाई प्रभावित बनाउन खोजेको बताइएको छ । एन्फाको पूर्व महासचिव रहे पनि लोकबहादुर शाही अहिले एन्फा तथा फुटबलको को कुनै पनि क्षेत्रमा सक्रिय छैनन् । राप्रपा नेपालको खेलकुद संघका अध्यक्ष शाही आइस हकी संघ नेपालका अध्यक्ष हुन् । उनको यो प्रकृयामा रेफ्री विनोद केसीको पनि प्रत्यक्ष सक्रियता रहेको छ ।

१६ वर्षदेखि एन्फा उपाध्यक्ष रहेका कर्माछिरिङ शेर्पा नेपाली फुटबललाई गणेश थापाको दादागिरीबाट मुक्त गराउने प्रमुख अभियान्ता मानिन्छन् । शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत हुन् । नेपाली फुटबल क्षेत्रमा भ्रष्टाचारको विषयलाई सतहमा ल्याएर चौतर्फी चर्चा र प्रशंसा बटुलेका शेर्पाको एन्फा अध्यक्षमा बिजयी माहोल चौतर्फीरुपमा देखिएपछि एन्फा चुनाव प्रकृया नै भाँड्ने वातावरण बनेको बताइन्छ । कुल ६९ भोट रहेको वर्तमान एन्फामा ४० भन्दा बढि मत कर्माछिरिङको पक्षमा देखिएपछि कार्तिक ८ को मिति सारेर तरलताको अवस्थामा पुर्याउन लागिएको बताइएको छ ।

anfa
उम्मदवार मनोनयन दर्ता गर्दै कर्माछिरिङ शेर्पा र दीपक खाती

एन्फा अध्यक्ष पदमा कर्माछिरिङ शेर्पासँगै उम्मेदवारी दिएका नरेन्द्र श्रेष्ठको अवस्था निकै कमजोर भएको बताइन्छ । उम्मेदवार मनोनयन गर्दा ५ जना प्रस्तावक र ५ जना समर्थक उभ्याउनसमेत गारो परेका श्रेष्ठलाई यतिखेर निलम्बित पूर्व अध्यक्ष गणेश थापाको सक्रिय साथ रहेका एक वरिष्ठ खेलकर्मीले कपन अनलाइनलाई बताए ।

काठमाडौं जिल्ला खेलकुदअन्तर्गत फुटबल खेलसँग सम्बन्धित पूर्व वरिष्ठ खेलाडी(नाम उल्लेख नगर्ने शर्तमा) ले कपन अनलाइनसँग गरेको कुरा अनुसार कार्तिका ८ गतेको चुनाव भाँडेर तरलताको अवस्था सृजनासँगै एन्फामा कमजोर देखिएको एमालेले पनि राजनीतिक दाउपेच खेलिरहेको बताए । उनका अनुसार ओलम्पिक कमिटि र जीवनराम श्रेष्ठलगायतका व्यक्ति ८ को निर्वाचन भाँड्न सके तरलताको अवस्था सृजना गरेर नयाँ तदर्थ समिति बनाएर एन्फामा विधिवत एमाले राजनीति घुसाउन चाहन्छन् । ती पूर्व खेलाडीका अनुसार हालै होटेल रोयल सिंघेमा लोकबहादुर शाहीसहित ओलम्पिक कमिटिका व्यक्तिहरु मिटिङ भएको छ ।यस प्रकृयामा एन्फा अध्यक्षमा उम्मेदवारबाट हात झिकेका पूर्व मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष टासी घलेको नाम पनि जोडिएको छ । घलेले प्रस्तावक र समर्थकको संख्या पुर्याउन नसकेपछि मनोनयन पत्र दर्ता गर्न नसकेको बताइएको छ ।

महत्वपूर्ण कुरा एएफसि र फिफाले एन्फालाई अक्टोबर ३० भित्रका नयाँ अध्यक्ष बनाउन दिएको अन्तिम मितिलाई जसरी पनि टार्न सके तरलताको अवस्था सृजना हुनेछ । सोही टाइमलाइनलाई बिथोल्न हेतुले लोकबहादुर शाहीको मुद्धा परेको बताइन्छ । कार्तिक ८ गतेको मितिमा कारणवश नेतृत्व चयनको प्रकृया भएन भने नेपाली फुटबल खेल ठूलो दुर्घटनामा पर्ने ती बरिष्ठ खेलाडीले कपन अनलाइनलाई बताए । उनका अनुसार यो सब प्रकृयामा राखेपका कानुनी सल्लाहकार ओम थपलियाको महत्पूर्ण साथ रहेको छ ।

narendra-shrestha-n-mani-ku
उम्मेदवारी घोषणा गर्दै नरेन्द्र श्रेष्ठ र मणि कुँबर

 

  • एन्फामा गणेश थापाराज यथावत राख्न गणेश र नरेन्द्रबीच सम्झौता

एन्फा अध्यक्षमा भ्रष्टाचार बिरोधी अभियानका अभियान्ता भनेर चिनिएका कर्माछिरिङ शेर्पा बिजयको माहौल देखिएपछि अध्यक्ष पदका अर्का उम्मेदवार नरेन्द्र श्रेष्ठ र निलम्बित अध्यक्ष गणेश थापाले सम्झौता गरेर चुनावी प्रचारमा हिँडेको बताइएको छ । अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठलाई र उपाध्यक्ष पदमा मणि कुँबरलाई बिजय गराउने अभियानका साथ भएका यो सम्झौता अनुसार नरेन्द्रले अध्यक्ष जितेको ३ महिनामा राजिनामा दिएर मणि कुँवरलाई कार्यबाहक दिइनेछ ।

मणि कुँबर कार्यबाहक भएपछि धिरेन्द्र प्रधानलाई उपाध्यक्ष र गौरब थापालाई महासचिवमा मनोनित गरिनेछ । यसो गरियो भने एन्फामा फेरि गणेश थापाको राज यथाबत रहनेछ । उपाध्यक्ष पदका उम्मेदवार मणि कुँबर थापाका साला हुन् भने महासचिवमा मनोनित गरिने भनिएका गौरब थापा गणेश थापाका आफ्नै छोरा हुन् । त्यसैगरी पूर्व राष्ट्रिय खेलाडी धिरेन्द्र प्रधान पनि गणेश थापाका निकट मानिन्छन् ।

तपाइँको प्रतिक्रिया ।