बुनपा अन्तरवडा कप प्रतियोगिता सम्पन्न, वडा नं. ५ बिजेता भयो(फोटो फिचरसहित)

बुनपा अन्तरवडा कप प्रतियोगिता सम्पन्न, वडा नं. ५ बिजेता भयो(फोटो फिचरसहित)

img_0099

कपन अनलाइन, २१ असोज, २०७३

बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको दोस्रो अन्तर वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी डिफेन्डिङ च्याम्पियन वडा नं. ५ ले जितेको छ । आज अपरान्ह भएको फाइनल खेलमा वडा नं. ५ ले वडा नं. ६ लाई २ १ को गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित खेल भएको फाइनल खेलको पहिलो गोल वडा नं. ६ ले गरे दोस्रो हाफमा गरेको थियो । पहिलो गोल वडा नं. ६ ले गरे पनि त्यसपछि वडा नं. ५ ले २ गरेपछि प्रतियोगितको उपाधि वडा ५ को पोल्टामा परेको थियो ।
उपाधि बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि बुनपा कार्यकारी अधिकृत विश्वराज मरासेनीले शिल्ड ट्रफि तथा प्रमाणपत्रसहित नगद ५१ हजार प्रदान गरेक थिए । उपविजेता टिमलाई शिल्ड, ट्रफि प्रमाणपत्रसहित २५ हजार प्रदान गरिएको थियो । कार्यक्रममा एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पा, बुनपा सहजिकरण समितिका रविन अधिकारी, बिदुर विक्रम खड्का, राजाराम बुढाथोकी श्याम केसीका साथमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेर उपाध्यक्ष दामोदर भट्राई, राजुविक्रम थापालगायतका अतिथिहरुको रुपमा उपस्थित थिए । कार्यक्रम भव्य र उत्साहजनक भएको बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीले कपन अनलाइनलाई बताए । बुढानिलकण्ठ नगरपालिकाले हरेक वर्ष बडादशैंको अवसर पारेर बुनपा अन्तरवडा कप फुटबल प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।

फाइनल कार्यक्रमको  फोटो फिचर(तस्विर: बसन्त गौतम र सरोज बैजु)

img_0144

img_0131
img_0158 img_0168 img_0183 img_0184 img_0186 img_0189-001
img_0228 img_0091 img_0098 img_0099
img_0139 img_0105 img_0118 img_0087-001 img_0088

 

तपाइँको प्रतिक्रिया ।