क्षेत्र नं. ४ कांग्रेस र एमालेको फुलपातीको दिन शुभकामना चियापान कार्यक्रम

क्षेत्र नं. ४ कांग्रेस र एमालेको फुलपातीको दिन शुभकामना चियापान कार्यक्रम

kkkkk

कपन अनलाइन, २१ असोज, २०७३

क्षेत्र नं. ४ मा बडादशैंको अवसरमा भेटघाट, शुभकामना आदानप्रदान र चियापान कार्यक्रम अयोजना गरेका छन् । विशेष गरेर नेपाली कांग्रेस, एमाले र एमाओवादीले चाडपर्वको अवसरमा यस्तोखाले कार्यक्रम आयोजना गर्ने गरेका छन् । वडादशैं ०७३ को अवसरमा क्षेत्र नं. ४ नेका र एमालेले भोलि फूलपातीको दिन छुट्टाछुट्टै चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ४ ले गोल्फुटारस्थित बास्केटबल कोर्ट परिसरमा कार्यक्रम आयोजना गरेको छ । नेकाको चियापान बिहान ८ बजेदेखि ११ बजेसम्म आयोजितहुने जनाइएको छ । त्यसैगरी एमालेले जयवागेश्वरीस्थित अमालकोट कचहरी परिसरमा कार्यक्रम आयोजना गरेका छन् ।  एमालेको  बिहान ७ बजेदेखि ९ बजेसम्मको कार्यक्रम राखेको छ ।  कार्यक्रमलाई भव्य बनाउन कार्यकर्ता, सुभेच्छुकसहित उच्च पदस्थ नेताहरुलाई दुवै पार्टीले बोलाएको   बताइएको छ । काठमाडौं क्षेत्र नं. ४ मा नेका सभापति राजु श्रेष्ठ छन् भने एमाले अध्यक्ष कुसुम कार्की रहेका छन्

तपाइँको प्रतिक्रिया ।