चपलीको गणेश उच्च मावि व्यवस्थापन समिति अध्यक्षमा इन्द्रबहादुर थापा

indra-thapa

कपन अनलाइन, २१असोज, २०७३

बुनपा चपलीमा रहेको यस भेकको प्रशिद्ध श्री गणेश उच्च मावि व्यवस्थापन समितिमा इन्द्रबहादुर थापा दोस्रो पटक अध्यक्षमा चयन भएका छन् । नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय रहेका थापालाई सर्वसम्मतरुपमा अध्यक्ष पदमा नियुक्त गरिएको हो । थापा गणेश उच्च माविको १४ अध्यक्षको रुपमा सर्वसम्मत भएका हुन् । २०१८ सालमा चन्द्रबहादुर खड्कालगायतका समाजसेवीद्वारा स्थापित गणेश स्कूल उच्च मावि हुँदै हाल बहुमुखी क्याम्पसको रुपमा शिक्षण गर्दै आएको छ ।

क्षेत्र नं. ४ का सांसद तथा हाल स्वास्थ्य मन्त्री गगन थापाको पहलमा यस स्कूलका लागि ग्लोबल सेफर्ड नामक अन्तर्राष्टिय संस्थाले ५ करोडको भवन सिलान्यास भएको छ । दशैँको लगत्तै यो भवन निर्माण प्रकृया अगाडि बढ्ने थापाले कपन अनलाइनलाई बताए । थापाले आफ्नो नयाँ कार्यकालमा उच्च माविको शिक्षण तथा भौतिक अवस्थालाई सुधार्ने योजनाहरु बनाएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।