अन्तरवडाकपको सेमीफाइनल खेल आज, फाइनल २१ गते

अन्तरवडाकपको सेमीफाइनल खेल आज, फाइनल २१ गते

fut

कपन अनलाइन, २० असोज, २०७३

दोस्रो बुढानिलकण्ठ नगर अन्तर वडाब्यापी फुटबल प्रतियोगिताको क्वाटर फाइनलचरणका सम्पूर्ण खेलहरु समाप्त भएका छन् | आज सेमिफाइनल खेलहरू हुने आयोजक बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीले बताएको छन् । सेमिफाइनलमा वडा नं ४ र वडा न ५ क बीच तथा अर्को सेमिफाइनल खेल वडा नं ३ क र वडा नं ६ बीच हुनेछ ।

हिजो भएका क्वाटर फाइनल खेलहरूमा  वार्ड न ७ र ४ बीच भएको खेल निर्धारित समय १-१ गोल को बराबरी पश्चात पेनाल्टीमा वार्ड न ४ ले जित्न सफल भएको थियो ।   दोश्रो खेल मा वार्ड न ५ क ले वार्ड नं १७ लाई ० का विरुद्ध ३ गोल ले जित दर्ता गर्दै सेमी फाइनल मा वार्ड न ४ संग भिडन्त निश्चित गरेको थोयो ।  हिजै भएको तेश्रो खेलमा ५ ग र ३ क बीच भएको खेल मा वार्डन ३”क” ले ० – ३ गोल को अग्रता कायम गरी सेमी फाइनल यात्रा तय गरेको थियो । चौथो खेलमा वार्ड न ३ ख र वार्ड न ६ को खेल निर्धारित समयको खेल मा ०-० को बराबरी खेल्दै पेनेल्टीमा वार्ड नं ६ बिजेता बनेको थियो ।

फोटो: बिजेन्द्र पुडासैनी फेशबुक

तपाइँको प्रतिक्रिया ।