साहित्यिक पत्रकार संघमा आरएम् डङ्गोल र अर्जुन तामाङ

साहित्यिक पत्रकार संघमा आरएम् डङ्गोल र अर्जुन तामाङ

hjkdshfkhjdi

कपन अनलाइन, १६ असोज, २०७३

नेपाल साहित्यिक पत्रकार संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नगेन्द्रराज शर्माको अध्यक्षतमा बनेको नयाँ कार्य समितिको महासचिवमा मोहन दुवाल रहेका छन् । नयाँ कार्यसमितिमा आरएम् डङ्गोल र अर्जुन बहादुर तामाङसहित २३ जना केन्द्रिय सदस्यमा चयन भएका छन् । प्रगतिशील साहित्यका वर्तमान पुस्ताको अग्रणी आरएम् डङ्गोल प्रलेसका महासचिव हुन् भने तामाङ साहित्यमा कलम चलाइरहेकोे अर्जुन तामाङ तामाङ भाषाका साहित्यिक पत्रकारितामा पनि संलग्न छन् ।

०६३ सालमा स्थापना भएको नेपाली साहित्यिक पत्रकार संघका संस्थापक अध्यक्ष नकुल सिलवास हुन् । सिलवासपछि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले आफ्नो कार्यकाल पुरा गरेपछि तेस्रो कार्यकालका लागि अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मा अध्यक्ष भएका हुन् ।

नयाँ कार्यसमितिमा मातृका पोखरेल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका छन् भने रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, नवराज पुडासैनी, वियोगी वुढाथोकी उपाध्यक्षमा चयन भएको नवनियुक्त केन्द्रिय सदस्य अर्जुन तामाङले कपन अनलाइनलाई बताए । तामाङका अनुसार नयाँ कार्यसमितिको उपमहासचिवमा चेतनाथ धमला, सचिवमा यादव भट्टराई र होमशंकर बास्तोला चयन भएका छन् भने कोषाध्यक्षमा नवराज रिजाल चयन भएका छन् ।

तपाइँको प्रतिक्रिया ।