अन्तरवडा कप फुटबल भोलि १ बजेबाट, यातायात मन्त्री प्रमुख अतिथि

unnamed-1

कपन अनलाइन, १४ असोज, २०७३

भोलिबाट शुरू हुने बुनपा बहुप्रतिक्षित अन्तरवडा कप फुटबल प्रतियोगितामा श्रम तथा यातायात मन्त्री रमेश लेखक प्रमुख अतिथि हुने भएका छन् । प्रतियोगिताको आयोजक बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीका अनुसार शनिवार दिनको १ बजे हुने उद्घाटन खेल पूर्व एक औपचारिक कार्यक्रम हुनेछ, जसमा नेपाली खेलकुद क्षेत्रका हस्तीहरूसँगै समाजका गन्यमान्य व्यक्तिहरू सहभागि हुनेछन् ।

खेल र खेलकुदका क्षेत्रमा सक्रिय रहेको बुढानिलकण्ठ युवा समाजले नेपालीहरुको महानपर्वको अवसरमा सबैलाई मनोरन्जन र आत्मीयताको विकास गर्ने हेतु र फुटबल खेललाई विकास गर्ने सोचलेले आयोजना गर्न लागिएको भनिएको दोश्रो बूढानीलकण्ठ नगर अन्तर वडाब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बुनपा – ७ र बुनपा- १३ बीच खेलिने  कार्यक्रम संयोजक मुनेन्द्र ठकुरीले बताएका  छन् | आज बिहान भएको टाई अनुसार  २०७३/६/१५ गते दिनको १ बजे हुने खेलमा  उक्त टीमहरू खेल्ने भएका हुन् । संयोजक ठकुरीका अनुसार प्रतियोगितामा  कुल २० टिम सहभागी हुनेछन् ।  यस प्रतियोगितामा बुनपाका वाडहरू   ९,  १०,  ११,  १२,  १५ , १८ र १९ बाट कुनै पनि टिम सहभागी नभएको ठकुरीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।