भोलिदेखि अन्तरनगरकप फुटबल प्रतियोगिता, २० टिमले भाग लिने

mhjbnmm
कपन अनलाइन, १४ असोज, २०७३
बुढानिलकण्ठ नगरपालिका भित्र हुने ठूलो फुटबल प्रतियोगिता मानिएको बुनपा अन्तर नगर कप फुटबल भोलिदेखि सुरु हुँदैछ । बुढानिलकण्ठ स्कूलको मैदानमा संचालन हुने प्रतियोगितामा २० टिम सहभागि हुने कार्यक्रम संयोजक मुनेन्द्र ठकुरीले जानकारी दिएका छन् । यस अघि २४ टिम सहभागि हुने बताए पनि कागजातलगायत केही कुराको कमिका कारण २० टिममात्र सहभागि हुने ठकुरीले बताए । उनले अन्तर नगरकप भए पनि  बुनपाका १९ वडामा कतिपय वडाले सहभागिता जनाउन सकेका छैनन भने केही वडाबाट दुईवटा भन्दा टीम सहभागिता रहेको बताए । बुनपाको सबैभन्दा धेरै हनसंख्या भएको वडा नं १२ ले प्रतियोगितामा सहभागिता जनाउन सकेको छैन ।
खेल र खेलकुदका क्षेत्रमा केही वर्षदेखि सक्रिय रहेको बुढानिलकण्ठ युवा समाजले नेपालीहरुको महानपर्वको अवसरमा सबैलाई मनोरन्जन र आत्मीयताको विकास गर्दै फुटबल खेललाई विकास गर्ने हेतुले आयोजित प्रतियोगिताको शनिवार घटस्थापनाको दिन उद्घाटन गरिनेछ । यद्धपि प्रमुख अतिथि को हुने बारे हालसम्म खुलाइएको छैन । बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनी हुन् ।
तपाइँको प्रतिक्रिया ।