चिन्ता नगर्नुस्, अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि !

चिन्ता नगर्नुस्, अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि !

कपन अनलाइन, १३ असोज, २०७३/दृष्टिकोण

hqdefault

-गगनकुमार थापा

स्वास्थ्य मन्त्री

मध्यमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वथाचौकी पुगेँ| ढोकामा हिंड्दा हिड्दै आकस्मत “कोहलपुर बासिको तर्फबाट ठुलोमाला” भन्दै माला पहिर्‍याइयो| मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाएँ| मंचमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथीलाई खोज्न लगाएँ अनि मंचमा बोलाएर मलाई सो कुरा मन नपरेको र यस्तो कहिँ कसैलाई नदोहोर्‍याउन आग्रह गरेँ|

मलाई मेरो जिम्मवारी राम्रोसंग थाहा छ| के गर्न हुन्छ के गर्न हुदैन भन्ने पनि राम्रोसंग थाहा छ| मालाको बिषयलाई लिएर चिन्ता गर्ने साथीलाई धन्यवाद! चिन्ता नगर्नुस म यस्तो बिषयमा अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि| तर यति सानो कुरालाई लिएर कोलाहल मच्चाउनेहरुले फेरी एकचोटी प्रमाणित गरेका छन् कि मैले के बिराउँला र यसलाई देखाइदिउँला भनेर बसेको एउटा जमात छ| त्यसैले आफुले गल्ति नगरेपनि वरिपरीको कुरामा समेत ध्यान दिएर काम गर्नुपर्छ, नचुकिकन थप मेहनत गर्दै जानुपर्छ भन्ने पाठ पनि सिकाएको छ|

साथै मेरालागि पार्टीको तथा अन्य कुनै पनि किसिमको कार्यक्रमहरुमा माला, खादा लगाइदिने, पत्रपत्रिकामा बधाई छपाउने जस्ता कार्यहरु नगरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु | तपाईहरुको साथ र स्नेह प्रति म सदैव आभारी छु | धन्यवाद

(गगन थापाको फेशबुक पेजमा लेखिएको कोहलपुरको माला बारेको स्टाटसलाई साभार)

तपाइँको प्रतिक्रिया ।