दलहरुको अर्कमण्यताले कपनका वडामा नागरीक वडा मञ्च नबन्दा विकास निर्माण प्रभावित

दलहरुको अर्कमण्यताले कपनका वडामा नागरीक वडा मञ्च नबन्दा विकास निर्माण प्रभावित

img_9672

कपन अनलाइन, १३ असोज, २०७३
बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा आवादी भएको तत्कालिन कपन गाविसका पाँचवटा वडाहरुमा नागरीक वडा मञ्च बन्न नसक्दा विकास निर्माण नराम्ररी प्रभावित हुने भएको छ । सुरूमा ३ वटा वडा रहेको कपनमा अहिले ५ वटा भएको छ । ३ वटा वडामा साविक नागरीक वडा मञ्चको समयावधि सकिएकोले नयाँ बन्न पर्नेमा दलिय भागवण्डामा विवाद हुँदा विकाससँग सम्बन्धित सबै पक्ष रोकिएको हो । कार्तिक मसान्तसम्म सबै योजनाहरु नगरपालिकामा पुगिसक्नु पर्ने र सो काम नागरीक वडा मञ्चले गर्नु पर्ने भएकोले तत्काल नागरीक वडा मञ्च बन्नु पर्ने बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनी बताउँछन् । समयमा नागरीक वडा मञ्च बन्न सकेन भनेर ती वडाहरुमा कुनै विकास निर्माणका लागि योजनाहरु पारित नहुने भएकोले यो प्रकृया चाँडोभन्दा चाँडो सक्नु पर्ने मरासेनीले बताए । राजनीतिक दलहरुले सुझबुझ देखाएर सिघ्र मञ्च गठन गरेर वडाको बजेटलाई प्रभावित हुन नदिन उनले आग्रह गरे । मरासेनीले ती वडाहरूमा जनघनत्व धेरै भएकाले समस्या र अावश्यक्ता पनि धेरै हुने बताउँदै जतिसक्दो छिटो मञ्च गठन नभए नगरपालिकाको परिषदसमेत प्रभावित हुनेछ ।

नागरीक वडा मञ्चको निर्देशिकाले बताए अनुसार राजनीतिक मान्छेहरु सो मञ्चमा बस्न नहुने बताए पनि पार्टीहरु छानी छानी नेताहरुलाई मञ्चमा राखिरहको अवस्थामा कुन दलल संयोजक लिने विषयमा विवाद हुँदा यी वडाहरुमा नागरीक वडा मञ्च गठन हुन सकेको छैन । यस अघि वडा नागरीक मञ्च भएका वडा १२, १३ र १४ क्रमशः कांगेस, माओवादी र एमालेका नेताहरु संयोजक थिए । तत्कालिन अवस्थामा भएको भद्र सहमतिका अनुसार वडा नं. १२ मा नयाँ नागरीक वडा मञ्चमा एमाओवादी, वडा नं. १३ मा एमाले र वडा नं. १४ मा कांग्रेसले पाउनु पर्ने भनिएको भए पनि अहिले सबै वडामा सबै पार्टीले दावी गरेको एक कपनस्तरीय नेताले कपन अनलाइनलाई बताए । वडा नं. १३ मा पनि को संयोजक हुने विषयमा विवादले छ भने नयाँ वडाहरु वडा नं. १८ र १९ मा पनि संयोजक र कसले कति सदस्य लिने विषयमा गम्भीर विवाद देखिएको छ । बाबुराम भट्टराईको नयाँशक्ति नेपाल र बिप्लब माओवादीले पनि नागरीक वडा मञ्चमा भाग खोजेपछि बागवण्डामा समस्या आएको छ ।

तपाइँको प्रतिक्रिया ।