राष्ट्रिय साइक्लिङ संघको कार्यक्रम ‘साइकल चढौं, स्वस्थ बर्नौं, पर्यटन प्रबद्र्धन गरौं’ भन्दै सकियो

राष्ट्रिय साइक्लिङ संघको कार्यक्रम  ‘साइकल चढौं, स्वस्थ बर्नौं, पर्यटन प्रबद्र्धन गरौं’ भन्दै सकियो

cycling5236-1

 राष्ट्रिय साइक्लिङ संघले चोभारमा क्रस कन्ट्री माउन्टेन बाइक प्रतियोगिता कार्यक्रमको उद्घाटन एमाले सांसद यज्ञराज सुनुवार /फोटो : राष्ट्रिय साइक्लिङ संघ

कपन अनलाइन ,काठमाडौं, १२ असोज ।

विश्व पर्यटन दिवसको उपलक्ष्यमा राष्ट्रिय साइक्लिङ संघले हिजो  मंगलबार  ‘साइकल चढौं, स्वस्थ बर्नौं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नाराका साथ माउन्टेन बाइक प्रतियोगिता आयोजना गरेको थियो ।

चोभारमा क्रस कन्ट्री माउन्टेन बाइक प्रतियोगिता आयोजना गरेको संघले खुल्ला र २३ बर्ष मुनिका अलग अलग प्रतियोगिता संचालन गरेको हो   । प्रतियोगितामा खुल्लातर्फ ओकेश बज्राचार्य प्रथम भएका थिए भने  २३ बर्ष मुनिको प्रतियोगितामा प्रचित थापा मगर प्रथम भएको संघका महासचिव हरिराम ढुंगानाले कपन अनलाइनलाई बताए  ।

कार्यक्रमको उद्घाटन एमाले सांसद यज्ञराज सुनुवारले गरेका थिए भने समापन एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।