डोटेललाई कारबाहीको प्रशंग किन थियो, कहाँ पुग्यो ?

डोटेललाई कारबाहीको प्रशंग किन थियो,  कहाँ पुग्यो ?

img_8547

कपन अनलाइन, ११ असोज, २०७३

बुनपा १२ नेका इकाई सभापति श्याम डोटेललाई क्षेत्रले स्पष्टिकरण सोधेको निकै भयो । अति गोप्यरुपमा गत महिना नेपाली कांग्रेस क्षेत्र नं. ४ का अध्यक्ष राजु श्रेष्ठले वुनपा १२ इकाई सभापति श्याम डोटेललाई स्पष्टिकरण सोधेर किन कार्यबाही नगर्ने भन्ने आशयको पत्र दिइएको थियो । क्षेत्र नं. ४ मा सभापति राजु श्रेष्ठका कट्टर आलोचक भनेर चिनिएका डोटेललाई पार्टी हित तथा विधान विपरित काम गरेको भनेर स्पष्टिकरण सोधेको बुझिन आए पनि हालसम्म डोटेललाई के अपराधमा त्यो कार्यबाही शैलीको पत्र थमाइएको हो भन्ने कुरा निश्चित भने भएको छैन र एक महिना बित्दा पनि कुनै कारबाही भएको पनि छैन ।

गुटगत राजनीतिको पराकाष्ठामा पुगेको नेका काठमाडौ क्षेत्र नं. ४ मा सभापति विरोधीहरु सभापतिले पार्टीको बिधान र मर्म विपरित काम गरिरहेको आरोप लगाइरहेका छन् भने सभापति र उनका पक्षधरहरु उनका विरोधीहरुले डरलाग्दो विधान विपरित काम गरेको आरोप लगाउने गरेको पाइएको छ । यद्यपि दुवै पक्षले के त्यस्तो कारबाही नै गर्नु पर्ने काम गरे भनेर किटान गर्न सक्ने अपराध भने सार्वजनिक नै भएको छ ।

सुत्रका अनुसार श्याम डोटेललाई पार्टीहित विपरित बुनपा १२ मा समानान्तर तरुण दल गठनको आरोप लगाइएको छ । यद्यपि डोटेलचाहिँ नेका विधान विपरित पार्टी इकाई सभापतिलाई थाह पत्तोसमेत नदिई गुपचुप तरुणदल गठन गरिएको भनेर आफूले असहमति राखेको बताउँछन् । बिधान मिचेर तरुणदल प्रतिनिधि भएर आएका नेका महासमिति सदस्य कर्माछिरिङ शेर्पाले काम गरेकोमा आफूले प्रतिक्रिया दिएको हो डोटेल बताउँछन् । महासमिति सदस्यले गरेको हस्तक्षेपको बिरोध गरेको हो भन्दै डोटेलले गलत प्रकृयाको बिरोध जनाउन आफू नहिच्किचाउने बताउँछन् ।

वडा नं. १२ तरुण दल गठनमा लामो व्यवधान देखिएपछि इकाई सभापति डोटेलले आफूले चाहेको मान्छे सभापति बनाउने भएमात्र आफ्नो समर्थन रहने बताएपछि तरुणदल प्रतिनिधि भएका कारण विधानतः आफूले इकाई गठन गरेका कर्माछिरिङ शेर्पा बताउँछन् । शेर्पाका अनुसार डोटेलले पटक पटक एउटै मानिसलाई मात्र अगाडि सारेर तरुणदलको मर्म र तरुणहरुको भाव विपरित गएकाले सर्वसहमतिमा तरुण दल गठन गरेको हो । तरुण दल गठन गर्दा डोटेललाई थाहा दिएको तर उनी नआएको मात्र हो शेर्पाले बताए ।

अनावश्यक जुँगाको लडाईमा होमिएको काठमाडौं क्षेत्र नं. ४ मा असहमतिका प्याकेजहरु लगातार देखिँदै आएको छ । नेका क्षेत्रीय समितिमा मनोनित गर्दा होस्, वुनपामा प्रतिनिधि पठाउँदा होस् वा क्षेत्रीय समितिको मिटिङ हुँदा होस् एक पक्षमात्र उपस्थित गराउने अर्काे पक्षलाई नबोलाउनेजस्ता निषेधको राजनीति हुँदै आएको आरोप लाग्दै आएको छ । आरोप प्रत्यारोपबीच आएको यो कारबाही प्रशंग तरुण दलको क्षेत्र र जिल्ला कमिटि बनेसँगै सामसुम भयो भन्नेहरु पनि छन् । कतिले यो कारबाहीको प्रशंग अत्यन्त गोप्य राखिनुको पछाडि कारबाही गर्नुभन्दा पनि इकाई सभापतिलाई सचेत गराउनु मात्र थियो भनेका छन् ।

तपाइँको प्रतिक्रिया ।