काठमाडौँ क्षेत्र नं ३ का सांसद रामेश्वर फुयाँलको निवास कविहरुले घेरे

कपन अनलाइन ,काठमाडौँ, ८ असोज ।

प्रायः राजनीतिक कार्यकर्ताको जमघटले व्यस्त हुने सांसदको घरमा आज कविहरुले भरिभराउ हुन पुग्यो । विभिन्न साहित्यकार तथा कविको उपस्थितिमा मुलुकको समसामयिक विषय वस्तु तथा समाजका विकृतिका विरुद्ध कविगोष्ठी गरिएको छ ।

काठमाडौँ क्षेत्र नं ३ का सांसद रामेश्वर फुयाँलको निवास आलापोट तथा त्यस वरपर क्षेत्र आज विभिन्न कविताले गुन्जिएको थियो ।

फुयाँलकी आमा नन्दकुमारीको सभापतित्वमा सम्पन्न कवि गोष्ठीमा क्रमशः कविहरूमा वेदमणि घिमिरे, बाजुरामप्रसाद पौडेल, कणाद महर्षि, आरएम डङ्गोल, विनोद मञ्जन, पुण्य गौतम विश्वास, पीताम्बर भण्डारी, यदुनाथ वसन्तपुरे, गायत्री विष्ट, मोहन मल्ल मानिस, सूर्य चापागार्इं, पागल यात्री थरेन्द्र बराल, जनार्दन अधिकारी, ओमप्रकाश कोइराला, मञ्जुश्री प्रधान, प्रोल्लास सिन्धुलिय, अच्युत घिमिरेलगायत हुनुहुन्थ्यो ।

त्यसैगरी सोही कार्यक्रममा कवि जगन्नाथ आचार्य प्रमुख आतिथिको भूमिका निर्वाह गर्नुभएको थियो भने प्रकाशन रम्घाली, राधिका सापकोटा, केशवप्रसाद घिमिरे, कुमार अनल, शैलेन्द्र श्रेष्ठ, प्रकाश बस्नेत गफाडी, विन्दा गौतम, सन्तोष अधिकारी, सुनिता सापकोटा, हेमप्रभास, शिवराम खड्का रत्ननिधि रेग्मीलगायतले कविता सुनाउनुभयो ।

सांसद फुयाँलले पनि कविता सुनाउँदै मुलुकमा सामाजिक सद्भाव तथा राष्ट्रिय एकताका लागि सबैको एकताको खाँचो औँल्याउनुभयो ।

घुम्ती कवि गोष्ठीका अध्यक्ष बालमुकुन्द कार्कीले समाजलाई सिर्जनशील बनाउन साहित्यिक क्षेत्रको ठूलो भूमिका हुने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।