भोलिको बन्द फिर्ता

कपन अनलाइन ,काठमाडौँ, ८ असोज ।

पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ ।

चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी)का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता लिइएको माओवादी उपत्यका संयोजक दिनेश शर्माले जानकारी दिनुभयो ।

सो पार्टीले पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै आइतबार उपत्यका बन्द कार्यक्रम आयोजना गरेको थियो ।

पक्राउ नेता, कार्यकर्ता सिंहदरबार प्रहरी वृत्तमै शुक्रबारदेखि आमरण अनशन बसेकामा आज रिहा गरिएको हो ।

माओवादीका अध्यक्ष मोहन वैद्यले पक्राउ कार्यकर्तालाई आज प्रहरी वृत्तमै पुगेर जुस खुवाएर अनशन तोडाउनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।