भोलि महाराजगञ्ज टिचिङ हस्पिटल परिसर विशेष सफाई कार्यक्रम

भोलि महाराजगञ्ज टिचिङ हस्पिटल परिसर विशेष सफाई कार्यक्रम

14462751_316161258744269_18004632021529669_n

कपन अनलाइन, ८ असोज, २०७३

काठमाडौंको पहिलो रोजाईको हस्पिटल मानिने महाराजगञ्ज शिक्षण अस्पताल परिसरको विशेष सरसफाई गरिने भएको छ । प्रहरी दिवसको अवसरको अवसर पारेर ३ वटा सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीयहरुको सहभागिता सो कार्यक्रम हुन लागेको नेका क्षेत्र नं. ५ का सभापति रमेश खड्काले बताए ।

प्रहरी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्जको आयोजनामा कान्ती सांस्कृतिक केन्द्र महाराजगञ्ज, सामुदायिक प्रहरी केन्द्र महाराजगञ्ज, कान्ति सांस्कृतिक केन्द्र महाराजगञ्जसहित करिब १५ वटा संस्थाहरुको सामुहिक पहलमा यो सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको हो ।

14370105_316161255410936_8280319695605711178_n
भोलि असोज ९ गते बिहान ७. ३० बजे शिक्षण अस्पताल परिसरबाटै शुरु गरिने सरसफाई कार्यक्रममा धेरैभन्दा धेरै स्थानीय सहभागिता गर्ने पहल भएको सभापति खड्काले कपन अनलाइनलाई बताए । खड्कका अनुसार महत्वपूर्ण अस्पताल भएका कारण अस्पतालको सरसफाईमा जनसहभागिता महत्वको विषय हुने भएकोले स्थानीयवासीलाई आव्हान गरिएको हो । सरसफाईमा प्रहरी तथा स्थानीयहरुको समान सहभागिता हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।