प्रेमज्योति समाजले १० वर्ष पुरा गर्यो

प्रेमज्योति समाजले १० वर्ष पुरा गर्यो

dsc2612_800x533

कपन अनलाइन, ७ असोज, २०७३

१० वर्षदेखि नेपालका विभिन्न जिल्लाका असहाय, अनाथ तथा कुनै पनि कारणले परिवार गुमाएका बालबालिकाहरुका लागि आवास, पालनपोषण, शिक्षा लगायतका आधारभुत आवश्यकता परिपुर्ति गर्दै आएको ललितपुरको प्रेमज्योति समाजले १०  औँ वार्षिकोत्सव मनाएको छ । ललितपुर जिल्लाकै उत्कृष्ट बालगृहमध्येमा पर्ने समाजको १० औँ वार्षिकोत्सव विशेषरूपमा मनाइएको छ । केन्द्रिय बाल कल्याण समितिका कार्यक्रम प्रबन्धक  नमूना भूषालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बिभिन्न संघसंस्थाहरुका प्रमुख, नागरीक समाजका अगुवाहरु र राजनिती दलका नेताहरुको उपस्थिति थियो ।

ललितपुरको गोदामचौर वडा नं. २, मा  संस्थाको निजी भवनमा संचालित  प्रेमज्योति समाजको बालगृहमा ३१ जना आमाबाबुविहीन बालबालिकाहरु आश्रय लिइरहेका छन् । संस्थाका अध्यक्ष शान्त भण्डारी समाजसेवी तथा सामाजिक अभियान्ता हुन् ।

प्रेमज्योति समाजका अध्यक्ष शान्त भण्डारी
तपाइँको प्रतिक्रिया ।