गगन थापाको सांसद कार्यालय चाबहिलबाट रातोपुल सर्यो

गगन थापाको सांसद कार्यालय चाबहिलबाट रातोपुल सर्यो

कपन अनलाइन, असोज ७, २०७३

img_7961
*स्वास्थ्य मन्त्री गगन थापाको संसद कार्यालय चावहिलबाट रातोपुल सरेको छ ।  मन्त्री भएपछि पनि निवासमै बसेका थापाको कार्यव्यस्ततालाई सहजीकरण गर्न लागि चाबहिलबाट रातोपुलस्थित उनकै निवास छेउमा कार्यालय सारिएको हो । स्वास्थ्य मन्त्री थापाका जनसम्पर्क प्रमुख बनेका नेका क्षेत्र नं. ४ नेता श्यामकृष्ण संगतका अनुसार थापा निवाससँगै रहेको कम्पाउण्डसहितको घरमा मन्त्रीका रुपमा भेटघाट तथा सांसद कार्यालय दुवै रहने गरी व्यवस्था गरिएको छ ।

थापा निवास साँघुरो भएको तथा आगन्तुकहरुको भीड धेरै भएकोले सहजीकरण र प्रभावकारिता दुवैका लागि निवाससँगै कार्यालय सारिएको क्षेत्रीय सदस्यसमेत रहेका संगतले बताए । मन्त्रीको रुपमा भेटघाट र सांसद कार्यालयमा आउनेहरुको भेटघाटलाई सहजीकरण गर्न भेटका लागि दिन र समय देखिने गरी राखिन लागेको बताउँदै क्षेत्रको सांसद तथा मन्त्रीलाई भेट्न सजिलो होस् भनेर जनसम्पर्क प्रमुख तोकिएको बताइएको छ ।

नेपालमा सबैभन्दा व्यस्त सांसदको रुपमा चिनिने थापा मन्त्री भएपछि व्यस्तता अत्याधिकरुपमा बढेकोले चावहिलको कार्यालय रातोपुल सार्न परेको बताइएको छ । निवाससँगै कार्यालय भएका कारण रातबिहान पनि थापासँग भेट गर्न सजिलो हुने अनुमान गरिएको छ ।

  • *स्वास्थ्य मन्त्री हुनुपर्नेमा अन्यथा हुनगएकोमा सच्याइएको छ । सम्पादक  

तपाइँको प्रतिक्रिया ।