तेह्रथुम-मलेशिया सम्पर्क मञ्चले मृगौला पिडीतलाई १ लाख रकम सहयोग

तेह्रथुम-मलेशिया सम्पर्क मञ्चले मृगौला पिडीतलाई  १ लाख रकम सहयोग

14445542_1803640943206653_1119692624_n

कपन अनलाइन, असोज ८, २०७३/दिनेश खड्का” खप्तडी”

रोजगारीका लागि मलेसियामा रहेका तेह्रथुमेलीहरु संगठित संगठन तेह्रथुम मलेशिया सम्पर्क मञ्चले मृगौला पिडीतको उपचारार्थ संकलन गरिएको सहयोग रकम शुक्रबार हस्तान्तरण गर्ने भएको छ। तेह्रथुम जिल्ला अोख्रे गाविस वडा नं ७ निवासी तिल प्रसाद लिम्बू समिरकी पत्नी खिनमाया लिम्बूको दुवै मृगौला फेल भएर बि पि कोइराला बिज्ञान प्रतिस्ठान धरानले पुष्टि गरेपछि उपचारका लागि सहयोग अाह्वान गरिएको थियो । मञ्चले गत भदौ १० गतेदेखि सहयोग संकलन अभियान थालेको थियो।

14445542_1803640943206653_1119692624_n-001

मञ्चका सचिव सन्दिप संग्रौला “दिलदुखी” को प्रस्तावमा समितिले पारित गराई मञ्चका अध्यक्ष हजेन्द्र संग्रौला ,उपाध्यक्ष सन्तोष न्यौपाने , सचिव सन्दिप संग्रौला “दिलदुखी”, सहसचिव गोपाल बिस्ट,कोषाध्यक्ष रमेश थापा लगायत सदस्यहरु प्रेम खापुङ्ग, कुमार लिम्बू , कुमार बि. क. समेतको सक्रियतामा कुल ८० जना भन्दा माथिका सहयोग दाताहरुबाट मलेसियाली रिङ्गेट कुल ४१३५ नेपालीबाट एक लाखभन्दा माथि संकलन भएको छ।

सहयोग रकम शुक्रवार तेह्रथुमको जिल्ला प्रसाशन कार्यलयमा रेडियो तेह्रथुम तथा मेन्छ्यायेम एफ एमका प्रतिनिधि , विभिन्न राजनीतिक दलका प्रतिनिधि , पत्रकार , बुद्धिजीवी , समाजसेवी सहितक‍ो रोहवरमा पिडितका श्रीमान तिल प्रसाद लिम्बूलाई तेह्रथुम जील्ला CDO मुनाका न्यौपानेको हातबाट हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको मन्च सचिव सन्दिप संग्रौला “दिलदुखी बताएका छन ।

तपाइँको प्रतिक्रिया ।