जोरपाटीको आकाशदीप र मनकामना स्कुलमा सिलिण्डर बम विस्फोट

कपन अनलाइन काठमाडौं, असोज ४ गते ।

राजधानीका केही विद्यालयहरुमा विस्फोट भएको छ भने केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।वौद्धको आकाशदीप र मनकामना उच्च माबीमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा केही हताहत नभएको बताइएको छ ।

सो घटनापछि प्रहरीले राजधानीका विभिन्न विद्यालयहरुमा सादा पोशाकका प्रहरी परिचालन गरी सर्तकता अपनाउन आग्रह गरेको छ । बम राखिएका स्थलमा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी केन्द्रको नाममा पर्चा फेला परेको पनि प्रहरीले जनाएको छ ।

यस्तै ललितपुरका रेडियन्ट स्कुलमा प्रेसरकुकर बम फेला परको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।