दोस्रो कपनटार खसी कप फुटबल प्रतियोगिता असोज १२ बाट

दोस्रो कपनटार खसी कप फुटबल प्रतियोगिता असोज १२ बाट

कपन अनलाइन, असोज १, २०७३

 नेपालीहरूको महान चाड बडा दशैँको अवसर पारेर दोस्रो कपनटार खसी कप सिक्स ए-साईड फुटबल प्रतियोगिता हुने भएको छ । कपनटार युवा क्लबको आयोजनामा असोज १२ गतेदेखि १५ गतेसम्म कपनको ह्याण्डबल मैदानमा हुनेछ ।  प्रतियोगितामा प्रवेशका लागि क्लब वा समूहले प्रवेश शुल्क २५०० तोकिएको आयोजक क्लबका उपाध्यक्ष सजन थापाले कपनअनलाइनलाई बताए । प्रतियोगितामा प्रथम हुने टिमले खसी पुरस्कार पाउने छन् भने दोस्रो हुने टिमले लोकल भाले प्राप्त गर्ने पनि थापाले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।