दशैँको अवसरमा बुनपाको वडास्तरीय फुटबल प्रतियोगिता हुने

कपन अनलाइन, ३० भदौ, २०७३

बुढानिलकण्ठ युवा समाजले दोश्रो बुढानिलकण्ठ नगर अन्तर वडाव्यापी फुटबल प्रतियोगिताको संचालानका लागि अन्तर्क्रिया  कार्यक्रम आयोजना गरेको छ | खेलकुदका क्षेत्रमा खेलकुद क्षेत्रमा चिनिएको बुढानिलकण्ठ युवा समाजले  आयोजना गरेको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको बिभिन्न राजनीतिक दल का प्रतिनिधि सरोकार वालाहरु  खेलप्रेमी लगायतका ब्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीका प्रतिनिधि राजाराम बुढाथोकीले कार्यक्रम सफल पार्न सम्पूर्ण वडाहरुको प्रतिनिधित्व हुने बातावरण बनाउन सुझाब दिए | त्यस्तै   एमाले नगर कमिटीका प्रतिनिधि बिदुर खड्काले राम्रो कार्य गर्ने-गराउनेलाई नगरको साथ सँधै रहने बताउनु भयो | राप्रपा नेपाल  नगरका प्रतिनिधि श्याम खत्रीले यस किसिमका कार्यक्रम दशैँको अबसरमा मात्र नभएर अन्य समयमा पनि संचालन गर्नु पर्ने बताएका थिए | ने क पा माओवादी केन्द्रका नगर प्रतिनिधि रविन अधिकारी कार्यक्रम प्रति सकारात्मक भएको र आवश्यक सहयोग गर्ने बताए |

अन्तर्क्रिया कार्यक्रममा बुढानिलकण्ठ  नगरपालिकाअन्तरगत शिक्षा तथा खेलकुद समितिको पनि उपस्थिति रहेको युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीले कपन अनलाइनलाई बताएका छन् । पुडासैनीका अनुसार प्रतियोगिताको माध्यमबाट बुढानिलकण्ठ नगरपालिकाको आफ्नै  फुटबल टीम बनाउन ध्यानाकर्षण  गरिने छ । उनका अनुसार  बुढानिलकण्ठ नगरको सम्पूर्ण वडाहरु लाई समाबेश गरि कार्यक्रम सम्पन्न गर्न तयारी गरिएको छ  | अन्त्रक्रिया कार्यक्रममा बुनपा १, २ ,३, ४, ५, ६ ,७, ८ ,९ ,१३, १४ ,१५ ,१६ ,१७ का प्रतिनिधि एवम् खेलप्रेमीहरुले कार्यक्रम सफल बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने बताएका थिए | वडादशैँको उपलक्ष्यमा आयोजना गरिने भनिएको  अन्तर वडाव्यापी फुटबल प्रतियोगिता कार्यक्रम असोज १५ देखि २४ सम्म बुढानिलकण्ठ स्कूलको मैदानमा हुने प्रतियोगिताको संयोजक मुनेन्द्र ठकुरीले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।