शिल्पी थियटरमा अनुप बरालको थाङ्ला नाटक

drama-14

कपन अनलाइन, २९ भदौ, २०७३

पछिल्ला समयमा शहरमा  नाटक प्रति दर्शकको मोह धेरै बढ्न थालेको छ । फिल्मसँगै नाटक घरमा दर्शकको भीड खचाखच देखिन थालेको छ ।  थिएटरहरू अहिले चलायमान छन् । प्रायं  थियटरमा नाटकका साथसाथै साहित्य, संगीत र कलाजस्ता विषयमा विचार विमर्शका कार्यक्रम भैरहेका हुन्छन् । दर्शकले  नाटक बुझ्न थालेका छन् ।  नाटक मनोरन्जनका लागि मात्र हेरिने गरिएकोमा   नाटकलाई केलाउन पनि थालेका छन् दर्शकहरू  । राजधानीमा यतिखेर लागिरहेको एक नाटकको नाम हो   ‘थाङ्ला ’  । हरेक दिन हाउसफूलमा नै मञ्चन भइरहेको छ यो नाटक ।  ‘थाङ्ला’ सरुभक्तले लेखेको कथा हो जसको निर्देशक अनुप बराल रहेका छन् ।

नाटकलाई  ‘थाङ्ला’ दुई दशक अघि साहित्यकार सरुभक्तले लेखेका थुिए ।  नाटक असअघि पनि केही वर्ष अघि मञ्चन गरिसकिएको थियो । नाटकमा हिमाली जनजीवनका कुराहरु देखाएको छ । थाङ्लाको अर्थ हिमालको देवता हो । २० वर्ष पहिलेको हिमाली संस्कृति र त्यहाँको जनजीवनलाई समयअनुसार परिमार्जन गरेर नाटकमा देखाउन खोजिएको छ । एउटी आमाले भोग्नु परेको बहुपतिको मनोविज्ञानलाई कथानक शैलीमा नाटकका पात्र छिरिङले भनिरहेका हुन्छन् । परिवारमा एकजनाले बिवाह गरेपछि त्यसमा दाजुभाइ सबैको समान अधिकार लाग्ने भन्ने कुरा नाटकको मुख्य विषय बनेको छ । आमा सरह आफनी भाउजुलाई समाजको मान्यता र धार्मिक आस्था अनुसार श्रीमती मान्नै पर्ने भन्ने कुराबाट पीडित देखिन्छन् नाटकका कलाकार पेम्बा ।

पेम्बाले आफनो भाउजुसँग आमा कै सम्बन्ध राख्ने निधो गर्छ । उसले कहिले पनि आफनो भाउजुलाई श्रीमतीको नजरले हेर्दैन । पेम्बा प्रेममा परेको हुन्छ र उ आफनो प्रेम साकार पार्नतिर लाग्छ । सधै एउटै परम्परा नरहने र समयअनुसार परम्परामा पनि परिवर्तन आउँछ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ । बहुपति प्रथा हटाउनु पर्छ भन्ने कुरा नाटकले दर्शाउछ । अहिलेको युगमा बहुपति प्रथाको खासै औचित्य नरहेको भन्ने कुरा पनि नाटकले देखाउँछ ।

निर्देशक अनुप बरालले सदाझै यसपटक पनि दर्शकलाई एउटा राम्रो नाटक पस्केर न्याय गरेका छन् । अन्धकार थिएटर हल नाटक अवधिभर नै हिमाल जस्तै लाग्छ । दर्शक नाटकमा यतिमग्न हुन्छन् कि १ घण्टा ४० मिनेट बितेको पत्तै हुँदैन । दिया मास्के, प्रकाश घिमिरे, पुस्कर गुरुङ, रोय दीप, किरण चाम्लिङ, केशव राई, दर्पण राजवंशी, नमिता तामाङलगायत कलाकारको अभिनयले दर्शकको मन छुन्छ । नाटक असोज २५ गते सम्म शिल्पी थियटरमा मञ्चन हुनेछ ।

(तस्वीर साभार)

तपाइँको प्रतिक्रिया ।