त्रिशुली वाङ्मय प्रतिष्ठानमा श्रीहरि फुयाँल, आरएम डंगोल र राजेन्द्रमान डंगोल

त्रिशुली वाङ्मय प्रतिष्ठानमा श्रीहरि फुयाँल, आरएम डंगोल र राजेन्द्रमान डंगोल

कपन अनलाइन, २६ भदौ, २०७३

नुवाकोटे साहित्यकारहरुको साझा संस्था त्रिशुली वाङ्मय प्रतिष्ठान २०६६ ले आफ्नो सातौं साधारण सभाबाट साहित्यकार श्रीहरि फुयाँल सर्वसम्मत निर्वाचित गरेको छ । शनिबार भएको  प्रतिष्ठानको साधारणसभाबाट उपाध्यक्षमा आरएम डंगोल, महासचिवमा राजेन्द्रमान डंगोल, सचिवमा कृष्ण किसु न्यौपाने र कोषाध्यक्षमा लक्ष्मी रुम्बा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा पुरु लम्साल, केशव पुडासैनी ‘विमल’, संगीता पनेरु, भुमराज तिवारी, भैरवी ढुंगाना, विष्णु पनेरु, वासुदेव गुरागाइँ र विद्या सापकोटा निर्वाचत भएका छन् । संस्थाले बिभिन्न साहित्यिक र सामाजिक गतिबिधिसहित त्रिशुली त्रिवेणी अर्धवार्षिक पत्रिकाको समेत प्रकाशन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।