११ गते कपन साहित्य समाजको विशेष कविगोष्ठी

११ गते कपन साहित्य समाजको विशेष कविगोष्ठी

gfhgfjgkjojkhklo-001

कपन अनलाइन, भाद्र ८, २०७३

कपन साहित्य समाजको नियमित कसास साहित्यिक सङ्गोष्ठीको दोस्रो शृङ्खला भाद्र ११ गते शनिवार बिहान ८ बजे हुने भएको छ । बुनपा १८ बगलामुखी मन्दिर परिसरमा रहेको कपन सङ्गीत सरोवरको डबलीमा सो साहित्यिक सङ्गोष्ठी कार्यक्रम आयोजना हुनेछ । सो कार्यक्रम मोतीराम भट्टमा समर्पित रहने जनाइएको छ । सोही कार्यक्रममा प्रमुख अतिथिको हातबाट संस्थाको वेबसाइट सुरू गर्ने जानकारी संस्थाका अध्यक्ष आरएम् डङ्गोलले कपन अनलाइनलाई गराए ।

gfhgfjgkjojkhklo-002

साहित्यिक गतिविधिमा समर्पित हुँदै हरेक वर्ष चारवटा साहित्यिक सङ्गोष्ठी गर्ने निर्णय गरेको कपन साहित्य समाजले यसै वर्षबाट स्व. पूर्णप्रकाश नेपाल यात्रीमा समर्पित कसास यात्री सम्मान गर्ने घोषणा पनि गरेको छ । १० हजार नगद राशीको सो सम्मान नेपाली भाषा साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने संस्थाका डङ्गोलले बताएका छन् ।

बुनपा १२ मा रहेको कपन साहित्य समाज भवनको पहिलो तलाबाट आएको आम्दानी तथा अन्य सहयोगले सो संस्थाले नियमित गतिबिधि संचालन गर्दै आइरहेको छ । संस्थाको भवनको दोस्रो तलामा यही भाद्र १ गतेदेखि बुनपा वडा नं. १२ को कार्यालय संचालन भएको छ भने चाँडैनै कपन साहित्य समाजले आफ्नो भवनको माथिल्लो तलामा सुबिधासम्पन्न हल तथा पुस्तकालय निर्माण गर्ने तयारी गरेको छ । हल तथा पुस्तकालय निर्माणका लागि बुढानिलकण्ठ नगरपालिका कार्यालयसँग सहमति भएको जानकारी अध्यक्ष डङ्गोलले दिए । gfhgfjgkjojkhklo-003

तपाइँको प्रतिक्रिया ।