गौरापर्वको अवसरमा पारेर मलेसिया नेपाली समाजले विशेष कार्यक्रम आयोजना गर्दै

गौरापर्वको अवसरमा पारेर  मलेसिया नेपाली समाजले विशेष कार्यक्रम आयोजना गर्दै
 14089311_1791128951124519_2599499360441621359_n
कपन अनलाइन, भाद्र ८, २०७३,दिनेश खड्का ‘ खप्तडी’ /मलेसिया /
सुदूरपश्चिमाञ्चलको महान चाड तथा धार्मिक एवं सांस्कृतिक पर्व गौराको शुभ अवशर पारेर सुदूर पश्चिमेली सेवा समाज मलेसियाको आयोजनामा बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया कार्यरत सुदूर पश्चिमवासीहरुलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै पहिलो पटक २८ अगस्त २०१६ आईतबारका दिन क्वालालम्पुर स्थित चकेट होटल ग्रिन कन्डोमेनिय मा ‘धुमधामका साथ प्रथम सांस्कृतिक तथा ‘गौरा पर्ब’ मनाउने भएको छ । ‘हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान र कला साहित्यको संरक्षण सम्वधर्न गरौँ भन्ने मूल नारासहित पहिलो पटक संस्कृतिक तथा गौरा पर्व मनाउन लागिएको आयोजकले जानकारी दिएको छ ।
२८ अगस्त २०१६ गौरादेबीको पूजाआजा गर्दै बिरुडा प्रसाद सँगै नाचगानका साथै लोकदोहोरी गायक लोकेन्द्र कुवँर’ साहित्यकार एवम् देउडा गायक महेश भट्ट’ देउडा गायिका लक्ष्मी भट्ट ‘संगीतकार तथा गायक राजेश कैदी’ यसै गरी उमेश मगर’ बिरु राना मगर लगायत कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रथम सांस्कृतिक तथा गौरा पर्व’ बिशेष २०१६/२०७३ भब्य रुपमा मनाउने सम्पुर्ण तयारी लगभग सम्पन भएको बताएको छ । सुदूर पश्चिमी पहाडका गाउँ गर्खामा सुनिने गौराका गीतहरुको रन्को सुदूर पश्चिमेलीहरुले काठमाण्डौको खुल्ला मन्चमा पनि हरेक बर्ष मनाउदै आएका छन गौरा पर्ब आजकाल नेपालमा मात्र नभएर बैदेशिक रोजगारीको शिलशिलामा अन्य देशलाई आफ्नो कर्मभुमी बनाएका सुदूर पश्चिमेलीहरुले समेत मनाउन थालेका छन् ।
14088682_1791128917791189_7455364586857697506_n
गौरा पर्व विशेष गरेर सुदूरपश्चिम मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरापर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरा पर्बमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा ९मूर्ति बनाई गौराघरमा भित्र्याउँछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी ९गौराको पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथी हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । रोजगारिको शिलशिलामा मलेसिया कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई २८ अगस्त २०१६ आईतबार का दिन गौरा पर्ब कार्यक्रममा सहभागी भएर भब्यताका साथ सफल पार्न हार्दिक निम्तो सहित सम्पुर्ण मा आव्हानसमेत गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।