गगन थापा मन्त्रीको लिस्टमा, शहरी विकास मन्त्री बन्न सक्ने

गगन थापा मन्त्रीको लिस्टमा, शहरी विकास मन्त्री बन्न सक्ने

sfffff

कपन अनलाइन, ७ भाद्र, २०७३

बस्नयोग्य काठमाडौँ उपत्यका नामको नारासहित पछिल्ला केही वर्षदेखि सक्रिय रहेका सांसद गगन थापा सोही नारा मुखरित हुने सहरी विकास मन्त्रालय पाए भने सरकारमा जान सक्ने कुरा सार्वजनिक भएको छ । नेपाली कांग्रेसभित्र सिटौला समूहमा परेका थापालाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसमेत लालयित भएको बताइएको बेला थापालाई मन्त्री बनाउने चर्चा सार्वजनिक भएको हो । यसअघि गगन थापा तत्काल मन्त्री नबन्ने वा बन्नु पर्यो भने शेरबहादुर देउवाको मन्त्रिमण्डलमा मन्त्रीय बन्ने हल्ला चलेको थियो ।

युवा नेता थापाले मन्त्री बन्नु अघि आफ्नो विषय तथा सक्रियतासँग सम्बन्धित मन्त्रालय पाइयो भने मात्र मन्त्री बन्ने कुरा सार्वजनिक गरेका थिए । नेपाली कांग्रेसभित्र धेरै नेताहरु मन्त्री बन्न लालयित भएका कारण गगन थापाको भागमा खोजेको मन्त्रालय आइनपुग्ने चर्चासमेत चलेको थियो । सिनियर नेताहरुलाई भाग नपुगको बेला युवा नेताहरुलाई नेकाले पहिलो रोजाइमा लान नसक्ने दावीहरु पनि सार्वजनिक भएका थिए ।

नेकाभित्रको तीनवटा लाइनहरुमध्ये सिटौला पक्षले १ वटा महत्वपूर्ण मन्त्रालय पाउने बेलामा भिमसेनदास प्रधान, सुधिरकुमार सिवाकोटी र गगन थापा मध्ये कसैलाई मन्त्री बनाउन सक्ने बताइदै आइएको थियो । सिटौला पक्ष आफूले पाएको मन्त्रालयलाई अधिकतम सदुपयोग गर्नका लागि पनि गगन थापालाई मन्त्री बनाउने चाहना बढेका बताइएको छ । सिटौला समूहले सहरी विकास मन्त्रालय पायो भने गगन थापाल मन्त्री हुने लगभग निश्चित भएको बताइएको छ । सहरलाई कसरी बस्न र देखाउन योग्य बनाउने बारे धेरै बहश, अनुसन्धान र खोजमा संलग्नसमेत रहेका गगन थापालाई मन्त्री बनाएर नेपाली कांग्रेसले एक विकासवादी नेता तयार पार्नु पर्ने धारणा राख्नेहरु नेपाली कांग्रेसभित्र धेरै रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।