मरासेनी आएपछि साविक गाविसको १९ लाख पेश्कि फर्स्यौट भयो

मरासेनी आएपछि  साविक गाविसको १९ लाख पेश्कि फर्स्यौट भयो

ldjf,dsjfl

कपन अनलाइन, ७ भदौ, २०७३

बुढानिलकण्ठ नगरपालिकामा विश्वराज मरासेनी कार्यकारी अधिकृत भएर आएपछि साविक गाविस हुँदा फस्र्यौट हुन बाँकी रहेको करिब सवा करोड रुपैँयामध्ये १९ लाख फस्र्यौट भएको छ । गाविसबाट नगर भएपछि पेश्किको विषय अब सकियो भनेर बसेका सबै सरोकारवालाहरुलाई चुनौति दिँदै शुरु भएको पेश्कि फस्र्यौट अभियान राजनीतिक दलहरुको प्रत्यक्ष सक्रियता बिना पनि नियमित रुपमा फस्र्यौट हुन थालेको हो ।

नयाँ र देखिने काम गर्न चाहने विश्वराज मरासैनीले कार्यकारी अधिकृत बनेर आएपछि गाविस छँदा राजनीतिक दलका कार्यकर्तालगायत बिभिन्न व्यक्तिहरुका नाममा रहेको पेश्किलाई फस्र्यौट गर्ने अभियान सुरु गरेका थिए । गाविसमा छँदा विकास बजेटमा पेश्कि रहेकाहरु धमाधम नगरको बजेटमा हालीमुहाली गर्न आएपछि नगरपालिकाले उनीहरुलाई कानुनी बाध्यतामा ल्याउने क्रममा पेश्कि फस्र्यौट गर्न पहल गरेको थिए । नगरपालिकाको यो पहलमा कपन अनलाइनले पनि साथ दिएको छ । पेश्कि फस्र्यौट नगर्नेहरुको नाम कपन अनलाइनमा प्राप्त भएता पनि नियमितरुपमा पेश्कि फस्र्यौट हुन थालेपछि सम्बन्धित व्यक्तिहरुको नाम प्रकाशित गरिएको छैन । नगरपालिकाले अब पनि पेश्कि फस्र्यौट गर्न चासो नदिनेहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । ती व्यक्तिहरुको नाम कपन अनलाइनमा प्रकाशित हुनेछ ।

तपाइँको प्रतिक्रिया ।