भाद्र ६ गते बुनपा-१२ मा सांसद गगन थापाद्वारा अन्तर्क्रिया कार्यक्रम

gagan thapa

कपन अनलाइन, भाद्र ५, २०७३

सा‌ंसद गगन थापाले निर्माण प्रकृयामा रहेको धोवीखोला करिडोर बाटो तथा बुनपा क्षेत्रमा आफूले गरेका कामहरूको जानकारी दिन एक दिने अन्तर्क्रिया का्रयक्रम आयोजना गरेका छन् । विकास निर्माणमा सांसदको भूमिकालाई जनतामाझ पुर्याउने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।गगन थापा सांसद कार्यालयले आयोजना गर्न लागेको कार्यक्रम विशेष गरी धोवीखोलामा बन्दै गरेको करिडोर बाटो, बुनपा तथा क्षेत्र नं ४ का बिग्रिएका बाटोहरू, खानेपानीलगायतका विषयमा सम्बन्धित रहनेछ ।

कार्यक्रममा स्वयम् गगन थापाको साथमा धर्मेन्द्र झा, रामप्रसाद श्रेष्ठलगायतका व्यक्तिले सम्बन्धित विषयमा जानकारी दिने बताइएको छ । कार्यक्रम बुनपा-१२ स्थित मिलनचोक पार्टी भेन्यूमा भाद्र ६ गते सोमवार बिहान ८.०० बजे हुनेछ । कार्यक्रमलाई कपन अनलाइनले फेशबुक पेजबाट लाइब प्रशारण गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।