नेबिसंघमा गगन थापा पक्षधरका उपाध्यक्ष र महामन्त्रिसहित ३६ जना विजयी

Recently Updated2

कपन अनलाइन, ३ भाद्र, २०७३
भर्खर सम्पन्न भएको नेबिसंघको महाधिवेशनमा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले प्रभावशाली नतिजा निकालेका छन् । नेबिसंघका पूर्व महामन्त्रिसमेत रहेका थापाका नजिकका मानिने डिल्लिराम सुवेदी प्रदेश नं. ४ बाट उपाध्यक्ष भएका छन् । त्यसैगरी थापाकै प्यानलबाट उठेका कुन्दनराज काफ्ले महामन्त्रि भएका छन् । नेबिसंघको महाधिवेशनले बनाएको कार्यसमितिमा प्रमुख पदका सुवेदी र काफ्लेसहित सहमहामन्त्रीहरु परमेश्वर शाह र ललिता सुनार पनि थापा पक्षधर मानिन्छन् । ४ पदाधिाकरीसहित ३६ जना गगन थापाका उम्मेदवारले केन्द्रमा प्रवेश पाएका छन् । यो आंकडा पुरै टिमको ३० प्रतिशत रहेको छ ।

नेबिसंघको राजनीतिले नेकाको राजनीतिमा पहुँचको हिसाब हुने पूरानो परिपाटी रहिआएको छ ।  थापापक्षर विध्यार्थी नेताहरूको यो बिजय व्यक्तिगतरुपमा पार्टीका अन्य नेताहरूभन्दा सबैभन्दा प्रभावशाली रहेको बताइएको छ । साथै काठमाडौंको राजनीतिमा प्रभावशाली रहेका पूर्व महामन्त्रि प्रकाशमान सिंहका व्यक्तिले यो महाधिवेशनमा कमजोर प्रदर्शन गरेका छन् । यो अवस्थामा थापाका विध्यार्थी नेताहरुको यो बिजयले काठमाडौंको राजनीतिमा उनको पहुँचलाई फराकिलो बनाएको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।