बुनपा १२ वडा कार्यालय साहित्य समाज भवनमा सर्यो

बुनपा १२ वडा कार्यालय साहित्य समाज भवनमा सर्यो

कपन अनलाइन, २ भाद्र, २०७३

बुढानिलकण्ठ नगरपालिकाले पहिलो नयाँ वडा कार्यालय विस्तार गरेको छ । नयाँ वडा कार्यालय स्थापना गर्ने क्रममा बुनपामा जनसंख्याको आधारमा सबैभन्दा ठूलो वडा नं. १२ को नयाँ कार्यालय स्थापना भएको हो । वडा नं. १२ आकाशेधारास्थित कपन साहित्य समाजको भवनमा सो कार्यालय स्थापना भएको हो । कपन साहित्य समाज भवनको दोस्रो तलामा स्थापित भवन भाद्र १ गते बुनपाका कार्यकारी अधिकृत विश्वराज मरासैनीले एक औपचारिक कार्यक्रसहित उद्घाटन गरे । धेरै जनसंख्याका कारण सेवाग्राही भार थेग्न सजिलो होस् तथा सेवाग्राहीले सहज सेवा पाउन् भन्ने उद्धेश्यले नयाँ कार्यालय स्थापना गरिएको कार्यकारी अधिकृतले बताए ।

 

14012638_829378727164313_1552624428_o कपन साहित्य समाज भवनको दोस्रो तलालाई अर्काे व्यवस्था नभएसम्मको लागि सो कार्यालय स्थापन गरिएको हो । वडा नं. १२ को नयाँ कार्यालय स्थापनसँगै कपन डाँडामा रहेको संयूक्त वडा कार्यालय धाउनु नपर्ने भएको छ । बुनपामा सबैभन्दा धेरै राजस्व संकलन गर्ने वडाको रुपमा परिचित वडा नं. १२ को कार्यालय स्थापनासँगै बुनपमा वडा कार्यालायहरुलाई विस्तार गर्ने प्रकृया शुरु भएको छ । अब बिस्तारै अरु वडा कार्यालयहरु पनि विस्तार हुने कार्यकारी अधिकृत मरासैनीले बताए । भाद्र १ गते स्थापनासँगै वडा कार्यालयले गर्ने सबै कार्य शुरु भएको छ । वडा कार्यालय स्थापना समारोहमा बुनपामा सहजीकरण समिति, अनुगमन समितिसहित स्थानीय राजनीतिक कार्यकर्ता तथा सर्वसाधरणको उपस्थिति थियो ।

यसअघि कपन साहित्य समाजले बुनपा वडा नं. १२ को कार्यालय कपन साहित्यसमाज भवनमा राख्न स्वीकृति दिएको थियो । कपन साहित्य समाजले सो भवनको तल्लो तला र निर्माणाधिन तेस्रो तला उपभोग गर्नेछ भने दोस्रो तला वडा कार्यालयले उपभोग गर्ने सहमति भएको कपन साहित्य समाजका सदस्य ध्रुव भट्टराईले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।