बुनपा-१२ तरूणदलको चियापान

बुनपा-१२ तरूणदलको  चियापान

13920754_1021296131318085_3701891461218825315_n

कपन अनलाइन, २९ साउन, २०७३

चियापान कार्यक्रममा व्यस्त काठमाडौँ क्षेत्र नं ४ मा आज एक चियापान कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । बुनपा-१२ तरूणदलले आयोजना गरेको चियापान कार्यक्रममा आज सांसद भीमसेनदास प्रधान प्रमूख अतिथिको रूपमा कपन आइपुगेका थिए । हालै गठन भएको बुनपा -१२ तरूणदलले आयोजना गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेसका बिभिन्न तहका नेताहरू उपस्थित थिए । कार्यक्रममा बोल्दै सांसद भीमसेनदास प्रधानले पार्टी संगठनमा तरूणदलको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रमलाई न्हुच्छेनारायण श्रेष्ठ, विनोद चालिसे, जीवन डंगोल, गणेश कोइराला, श्याम डोटेल आदिले संबोधन गरेका थिए । कार्यक्रम तरूणदल बनपा १२ का अध्यक्ष किशोर गुरूङको अध्यक्षतामा आयोजनामा बालउद्धार स्कूलमा आयोजना भएको थियो । चियापान कार्यक्रममा २५० जनाको उपस्थिति रहेको नेका क्षेत्रीय सदस्य श्यामकृष्ण संगतले बताए ।

13892261_1021296677984697_3114635030820972421_n

स्मरण रहोस्, बुनपामा गठन भैरहेको तरूणदलको गठन प्रकृया अत्यन्त विवादित बनिरहेको छ । विवादै विवादबीच बुनपा-१२ मा तरूण दलको २ वटा समिति बनेको छ । एउटा समिति किशोर गुरुङको नेतृत्वमा छ, जसले आज चियापान कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी अर्को समिति पवित्रा पोखरेलको नेतृत्वमा बनेको छ । यी दुई समितिमा कुन आधिकारिक बन्ने भन्ने आउँदा दिनहरूमा देख्न पाइएला । यसैबीच पवित्रा पोखरेलको नेतृत्वको बुनपा-१२ तरूणदल पनि चियापान गर्ने मूडमा पुगेको खबर प्राप्त भएको छ ।

फोटो: आशामान संगत

तपाइँको प्रतिक्रिया ।