अहिलेभन्दा ९ महिनापछि शेरबहादुरको पालामा मन्त्री बन्न चाहन्छन् गगन थापा

कपन अनलाइन, २० साउन, २०७३

नेपाली कांग्रेसका युवा नेता गगन थापा यसपाला मन्त्री बन्लान् वा नबन्लान् भन्ने चासो चौतर्फि रहेको छ । एउटा राम्रो मन्त्रालय लिएर केही काम देखाए हुन्थ्यो भन्ने सकारात्मक कार्यकर्ता तथा मन्त्री खाएर बदनाम भैदिए हुथ्यो भन्नेहरु दुवै गगन थापाको मन्त्री पदसँग सरोकार राखिरहेका छन् । केही छापाहरु उनी मन्त्री बन्ने सम्भावना रहेका बताएर समाचार पनि लेखेका छन् भने कतिपय छापा तथा अनलाइनले नेपाली कांग्रेसमा गगन थापाजस्ता युवापुस्ता अझै मन्त्री बन्ने सम्भावना नरहेको बताइरहेका छन् । यद्यपि गगन थापाले भने मन्त्री पद आफ्नो प्राथमिकता नरहेको बताइरहेका छन् । संसदमा जलश्रोत तथा कृषि समितिका सदस्यसमेत रहेका थापा मन्त्रि पदप्रति नदेखाएको चासोलाई विशेष गरेर उनको निर्वाचन क्षेत्रमा विशेष चासो रहेको छ । आफ्नो सांसद मन्त्री भए भने क्षेत्रको विकासमा बढि योगदान पुर्याउन सक्ने आशामा कतिपय उनका कार्यकर्ता पनि मन्त्री बनिदिए हुने भनेर थापा काहाँ पुगेका छन् ।

gagan thapa aa

६ महिना अघि भएको पार्टीको महाधिवेशनमा महामन्त्रि पदमा लडेका गगन थापा पार्टीभित्र सबैले आवश्यक व्यक्तिको रुपमा लिने गरेको भएको उनलाई सानोतिनो मन्त्रालय दिन नमिल्ने तर ठूला मन्त्रालय दिन पार्टीभित्रका ठूला नेताहरुबीच भागबण्डा नमिल्ने भएकाले प्राथमिकता पार्न नसकिएको धेरैको तर्क रहेको छ । २०७ सांसद रहेको नेकाभित्र २०० जना मन्त्रीको आकांक्षी भएपछि गगन थापाजस्ता केही मन्त्री बनेर काम गरेर देखाउन सक्ने व्यक्तिहरु यो चरणमा मन्त्रालय पाउन नसक्ने सम्भावना बढेको छ । यो समस्या गगन थापामा मात्र नभै कतिपय युवापस्ताका हनोहार नेताहरुमा लागु हुने देखिएको छ । यद्यपि जुन पायो त्यही मन्त्रालय लिन चाहे गगन थापाले पाउने निश्चित देखिन्छ तर थापा आफै जुन पायो त्यही मन्त्रालय लिएर सरकारमा जान रुचि नभएको बताउँछन् ।

छोटो अबधिको सरकारका भएका कारण छोटो समयमा केही गरेर देखाउन सक्ने मन्त्रालय भए मात्र सरकारमा जाने सोचाइमा छन् । मन्त्री बन्न मात्र सरकारमा जानुले केही अर्थ नहुने उनको राय छ । त्यसो त उनी प्रचण्ड नेतृत्वको सरकारमा भन्दा ९ महिनापछि आफ्नै सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारको पालामा मन्त्री बन्न चाहेको कुरा पनि सार्वजनिक भएको छ । त्योबेलाको सरकार निर्वाचन उन्मुख भएकाले पनि केही काम गरेर देखाउने मन्त्रालय पाए देउवाको नेतृत्वको सरकारमा जाने चाहना राख्छन् ।

नेकाभित्र सिटौला समूहको नेतृत्व गरेर सरकारमा उनी जाने कुरा सतहमा चले पनि सिटौलासमूहबाट भिमसेनदास प्रधानलाई मन्त्री बनाउन थापाले लबिङ गरिरहेको पाइन्छ । नेबिसंघको अधिवेशन नसकिन्जेल नेकाले सबै मन्त्रालयमा आफ्ना व्यक्तिहरुलाई नपठाउने भएकाले हालसम्म कुनै ठूलो परिवर्तन भएन भने गगन थापा पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जान नचाहने देखिन्छ । देशभर रहेका प्रशंसक तथा कार्यकर्ताहरुमाझ भावी प्रधानमन्त्रीका रुपमा समेत आँकिएका गगन थापा जुनपायो त्यही मन्त्रालय लिएर सरकारमा जानु वा काम देखाउन नसकिने मन्त्रालयमा नजाउन भन्ने चाहना ती कार्यकर्ता र प्रशंसकमाझ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।