मरासेनी आएपछि बुनपाले वर्षे बाटो मर्मतमा करिब ३० लाख खर्च

SAMSUNG CAMERA PICTURES

कपन अनलाइन, १९ साउन, २०७३

यसवर्ष बर्खा लागेपछि बुढानिलकण्ठ नगरपालिकाले करिब ३० लाख खर्च गरेको थाहा हुन आएको छ । नगरपालिका सहजिकरण समितिका एक सदस्यका अनुसार हालका नगरपालिका कार्यकारी अधिकृत विश्वराज मरासेनी कार्यकारी भएर आएपछि ३० लाख हाराहारी खर्च भएको बिल साउन १७ को बैठकमा पेश भएको ती सदस्यले नाम नलेख्ने शर्तमा कपन अनलाइनलाई बताए । ३० लाखको हिसाब आएपछि यो विषय अनुगमन समितिमा स्वीकृतिका लागि पठाइएको छ । बर्खा मध्यतिर पुगिरहँदा बुनपाका अधिकांश बाटोघाटो हिल्लाम्मे तथा हिँड्नै नहुने अबस्थामा पुगेको बेला मरासेनी कार्यकारी भएर आएपछि ३० लाखको हाराहारी रकम सडक मर्मतमा खर्च भएको विषयले आर्थिक अनियमितता तथा भ्र्ष्टाचार भएको भन्ने विषय उठ्न सक्ने भनेर नगरपालिका चिन्तित बनेको बताइएको छ ।

फोटो:नागरिकन्यूज

तपाइँको प्रतिक्रिया ।