इनार सफा गर्ने क्रममा बुनपा – १९ पैयाटारमा ३ जना गम्भीर घाइते

इनार सफा गर्ने क्रममा बुनपा – १९ पैयाटारमा ३ जना गम्भीर घाइते
13874588_816453851790134_1426058691_n
 कपन अनलाइन, १३ साउन, २०७३
इनारको सफा गर्ने क्रममा बुढानिलकण्ठ नगरपालिका वडा १९ पैयाँटारमा खड्का टोलका तीनजना गम्भीर अबस्थामा पुगेका छन् ।
आज विहान साँढे ११ बजेको वर्ष १८ का बिशाल बस्नेत पानीतान्ने मेसेन निकाल्न इनारभित्र पसेका थिए । उनी इनारबाट ननिस्किए पछि वर्ष २४का इश्वर खड्का र वर्ष २० का किश्वर खड्का  इनार भित्र पसेका थिए । उनीहरु एकपछि अर्को गर्दै इनारबाट ननिस्किए पछि आफन्तहरुले हारगुहार गर्दा स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी आएपछि इनारभित्र बेहोस भएका उनीहरुलाई उद्दार गरी अस्पताल पुर्‍याइएको थियो । कपन प्रहरी प्रभाग कपनबाट खटि गएको प्रहरीले डोरीको सहायताले उद्दार गरी उपचारको लागि महारागञ्जस्थित त्रिवि शिक्षण अस्पताल लागिएको छ । बिरामीहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
 (फाइल फोटो)
तपाइँको प्रतिक्रिया ।