राष्ट्रिय महिला क्रिकेटको उपाधि एपिएफलाई

राष्ट्रिय महिला क्रिकेटको उपाधि एपिएफलाई

कपन अनलाइन /काठमाडौँ, ११ साउन ।

सशस्त्र प्रहरी बल (एपिएफ)ले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले पूर्वाञ्चललाई १० रनले पराजित गर्दै उपाधि माथि कब्जा जामाएको हो ।

APF1

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले एक विकेट गुमाएर ६४ रनको योगफल तयार ग¥यो । एपिएफका लागि सीता राना मगरले अविजित २९ र सरिता मगरले अविजित २२ रनको योगदान दिइन् । ६५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेकोे पूर्वाञ्चलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो । उसका लागि रुबिना क्षेत्रीले अविजित १६ रन बनाइन् ।

वर्षाका कारण खेल प्रभावित भएपछि निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याइएको थियो । उपाधिसँगै एपिएफले रु एक लाख प्राप्त ग¥यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको पूर्वाञ्चलले भने रु ५० हजार पायो । प्रतियोगितामा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ एपिएफकी सरिता मगर भइन् । उनले रु १० हजार प्र्राप्त गरिन् ।

त्यसैगरी पूर्वाञ्चलका सबनम राई उत्कृष्ट फिल्डर, मध्यपश्चिमाञ्चलकी लक्ष्मी चौधरी उत्कृष्ट ब्याट्सवुमन र पूर्वाञ्चलकी सन्तोषी चौधरी उत्कृष्ट बलर घोषित भइन् । उनीहरुले जनही रु पाँच हजार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ खेलाडी नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन् । राष्ट्रिय महिला टोलीले यसै वर्ष हङकङमा हुने आइसिसी महिला विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्नेछन् । रासस

तपाइँको प्रतिक्रिया ।