बुनपाको पत्रको आडमा व्यापक बालुवा चोरी तस्करी

बुनपाको पत्रको आडमा व्यापक बालुवा चोरी तस्करी

कपन अनलाइन, ११ साउन, २०७३

काठमाडौँ जिल्लाविकास समितिले खनिज पदार्थ हरुको नयाँ उत्खनन तथा बेच बेचविखनमा रोक लगाएको छ । नयाँ ठेकेदार नल्याइन्जेलका लागि भन्दै काठमाडौँ भित्रका डिपोहरुलाई खनिज प्रदर्थको बेचविखनमा रोक लगाउन परिपत्र गरिरहेको बेलामा आफ्नो क्षेत्र अधिकार नाघेर बुढानिलकण्ठ नगरपालिकाले वालुवा निकासी गर्ने अनुमति दिएको प्रशंगसँगै बालुवा चोरी तस्करी भएको हो ।

20160726_180219

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित नेपाल ह्याण्डबल संघले निर्माणगर्दै गरेको भवन

बुढानिलकण्ठ नगरपालिकाको लेटरप्याडमा साखा अधिकृत राजु न्यौपानेलेको हस्ताक्षेरित् पत्र देखाउँदै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा निर्माण गरिदै गरेको नेपाल ह्याण्डबल संघको भवनको भित्तो खोस्रिएर रातारात वालुवा बेचिन थालेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । स्थानीयवासीले करिब १५ टिप वालुवा सो ठाउँबाट लागेपछि अवरोध जनाएका हुन् । घटनाबारे प्रस्ट पार्दै एक स्थानीयले जसले नेपाल ह्याण्डबल समितिको भवन निर्माणको ठेक्का लिएको छ उसले नै नगरपालिकाको मिलोमतोमा बालुवा बेचिरहेको छ । नगरपालिका र ठेकेदारको मिलोमतो मा यस्तो भैरहेको  स्थानीयबासी बताउँछन् ।

20160726_180012

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित नेपाल ह्याण्डबल संघले निर्माणगर्दै गरेको भवनको  पछाडी  पट्टीको  भाग  जहाँ  प्रस्त  मात्रामा  बलुवा रहेको  छ ।

यस विषयमा कपन अनलाइनले बुनपाका अधिकृत राजु प्रसाद न्यौपानेलाई सोध्दा  उनले भने ‘निवेदन कार्यकारीअधिकृतलाई दिइएको हो मलाई हैन वहाको तोक आदेशले मैले पत्र लेखेको हु । पत्रमा मैले आदेश अनुसार भनेकै छु ।” यस विषयमा बुझ्न नगरपालिका कार्यकारी अधिकृत विश्वराज मरासेनी लाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । यस घटनासंगै नगरपालिकाको आडमा व्यापक वालुवा चोरी तस्करी हुने गरेको रहस्य खुलेको छ । “यहाँ जस्तै अन्य ठाउँमा बालुवा चोरीका काम भैरहेका हुन सक्छन्  हुने गरेको तस्करीको प्रमाण त हामीले पत्ता लगायौँ यस्ता पत्र अन्य कति ठाउँमा बाँडिएको होला  तपाइँहरुले(कपन अनलाइनले) जानकारी राखिदिनु पर्यो” एक स्थानीयले कपनअनलाइनलाई भने ।

हेर्नुस् नगरपालिकाले दिएको स्विकृति पत्र:

Napa Patr

तपाइँको प्रतिक्रिया ।