राशि अनुसार गणेश पूजन गरौँ, सबै संकट मोचन हुन्छ

राशि अनुसार गणेश पूजन गरौँ, सबै संकट मोचन हुन्छ

IMG_8940

कपन अनलाइन, ११ साउन, २०७३

देव पूजनमा सबैभन्दा पहिला पूजा गरिने गणेश देवलाई मंगलबार विशेष पूजाअर्चना गरिन्छ । गणेशलाई आदिदेव भनिन्छ मंगलबारको दिन देश विदेशमा रहेका हिन्दूहरु गणेशको आराधना गर्ने व्रत बस्ने गर्दछन् । पुजा आराधना गर्दा सबैले गणेशको मूर्ति वा फोटोलाई पूजा गर्दछन् । गणेश पूजन वा आराधना राशी अनुसार हुने कुरा भने कमैलाई मात्र थाहा छ । राशी अनुसारको गणेशको रुपलाई पूजन गरियो भने जीवनका सबै संकट हट्ने बताइन्छ । गणेशजीको पूजा आराधनाले धनधान्य बढ्ने ज्योतिषीय विज्ञानले बताएको छ

शास्त्र अनुसार मेष राशि भएका व्यक्तिले गणेशजीको वक्रतुण्ड स्वरुपलाई पूजा आराधना गर्दै ॐ वक्रतुण्डाय हुँ मन्त्र जप्नु राम्रो मानिन्छ । वृष राशि भएका मानिसले शक्ति विनायक स्वरुपको विनायकको संस्मरण गर्दै ॐ हीँ ग्रीँ हीँ मन्त्र सहित पूजा आराधना गर्नु राम्रो मानिन्छ । मिथुन राशि भएका व्यक्तिहरुले लक्ष्मी गणेशको आराधना गर्दै ॐ गं गणपतये नम: मन्त्र जप्नु राम्रो मानिन्छ । त्यसैगरी कर्कट राशिका व्यत्तिहरुले पनि वक्रतुण्ड स्वरुपको गणेशजीको आराधना गर्दै ॐ वक्रतुण्डाय हूँ मन्त्र जप्नु राम्रो मानिन्छ । सिंह राशिका व्यक्तिहरुले लक्ष्मी स्वरुपको गणेशजीको आराधना गर्दै ॐ सुमंगलाय नमः मन्त्र जप्नु राम्रो मानिन्छ । कन्या राशिका व्यक्तिहरुले पनि लक्ष्मी गणेशको स्वरुपलाई आराधना गर्दै ॐ चिंतामण्ये नमः जप गर्नु राम्रो मानिन्छ । त्यसैगरी तुला राशिका व्यक्तिहरुले वक्रतुण्ड स्वरुपको गणेशको आराधना गर्दे ॐ वक्रतुण्डाय नमः मन्त्र जप गर्नु राम्रो मानिन्छ । त्यसैगरी वृश्चिक राशि भएका व्यक्तिहरुले स्वेतार्क गणेशको आराधना गर्दै ॐ नमो भगवते गजाननाय नमः जप्नु राम्रो मानिन्छ । धनु राशि भएका मानिसहरुले लक्ष्मी गणेशको आराधना गर्दै ॐ गं गणपतये नमः मन्त्र जप्नु राम्रो मानिन्छ ।

त्यसैगरी मकर राशिको मानिसहरुले शक्ति विनायकको उपासना गर्दै ॐ गं नमः मन्त्र जप्नु राम्रो मानिन्छ । कुंभ राशिका मानिसहरुले शक्ति विनायका पुजा गर्दै गण मुक्तये फट् मन्त्र जप्नु राम्रो मानिन्छ । त्यसैगरी मिन राशिका व्यक्तिहरुले हरिद्रा गणेशको पुजा गर्दै ॐ गं गणपतये नमः मन्त्र जप्नु राम्रो मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।