#‎IamwithDrKC‬ भन्दै अख्तियारमा प्रदर्शन गर्न गएकामाथि लाठीचार्ज

#‎IamwithDrKC‬ भन्दै अख्तियारमा प्रदर्शन गर्न गएकामाथि लाठीचार्ज
कपन अनलाइन /२०७३ श्रावण ९ आइतबार
काठमाडौं । डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने भन्दै दवाव दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल घेराउ गर्न पुगेका चिकित्सकसहित केही विद्यार्थी पक्राउ परेका छन् ।
lathi-charge
अख्तियारको कार्यालय अगाडिबाट आफूहरु पक्राउ परेको विद्यार्थी विक्रम ओलीले जानकारी दिए ।
पक्राउ पर्नेमा डा. बद्री अर्याल, डा. सागर पोखरेल रहेका छन् । त्यसैगरी पुकार बम, अविनास बस्नेत, पारस रावत, निर्जा सिद्धिकि, विक्रम ओली, पदम राज जोशी, विश्वास दाहाल, ज्ञानेन्द्र निरौला रहेका छन् ।
प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेकाे थियाे । चिकित्सक र विद्यार्थीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेर पक्राउ गरिएकाे विद्यार्थीले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया ।