उपत्यकाको ३ जिल्लामा शुक्रबारदेखि भूकम्पपीडितको वास्तविक लगत लिन सर्भेक्षण

उपत्यकाको ३ जिल्लामा शुक्रबारदेखि भूकम्पपीडितको वास्तविक लगत लिन सर्भेक्षण

NepalBuilding

कपन अनलाइन, ६ साउन, २०७३

काठमाडौँ उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि भूकम्पपीडितको वास्तविक लगत लिन सर्भेक्षण सुरु हुने भएको छ ।  केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले काठमाडौँमा एक महानगरपालिकासहित ११, भक्तपुरमा छ, ललितपुरमा पाँच नगरपालिका तथा १९ गाविसका भूकम्पपीडितको सर्भेक्षण गर्न कम्तीमा पनि डेढ महिना लाग्ने जानकारी दिए ।

सर्भेक्षण सकी विभागले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई प्रतिवेदन दिएपछि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर पीडितलाई अनुदान वितरण प्रक्रिया सुरु हुने बताइएको छ । विभागले यसअघि उपत्यका बाहिरका अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटाम सर्भेक्षण गरी प्राधिकरणलाई बुझाएको प्रतिवेदनका आधारमा सम्झौता गरी पहिलो किस्ताको अनुदान वितरण प्रक्रिया सुरु भएको छ ।

फोटो:सर्कलअफब्लुओआरजी

तपाइँको प्रतिक्रिया ।