बुनपामा मरासेनीले टोलसुधार समितिलाई बेवास्था गर्ने सोच विकास गरे

बुनपामा मरासेनीले टोलसुधार समितिलाई बेवास्था गर्ने सोच विकास गरे
कपन अनलाइन, ५ साउन, २०७३
६ वटा गाविसलाई एक बनाएर बनेको बुढानिलकण्ठ नगरपालिकाले यहाँ रहेका टोलसुधार समितिहरुलाई अब विकास निर्माण सम्बन्धि कार्यगर्न नदिने छनक दिएको छ । नगरपालिका अनुगमन समितिले नगरपालिकाको ५०/५० प्रतिशत लगानीमा नगर भित्रका योजना कसरी चलाउने भन्ने अनौपचारिक छलफलमा टोलसुधार समितिहरूको कुरा उठ्दा नगरपालिकाको कार्यकारी अधिकृत विश्वराज मरासेनीले टोलसुधार समितिप्रति उदासी देखाएका हुन् ।
Last Bunpaa
बैठकमा टोलसुधार समितिको कुरा उठेपछि भर्खरै नगरपालिका प्रमुख भएर आएका विश्वराज मरासेनीले धुलिखेल नगरपालिकाको अनुभव सुनाउँदै  धुलिखेलमा टोलसुधार समितिलाई दशैँताकातिर नगरपालिकाको अधिकतम ५ हजार रुपयाँ दिएको थिएँ त्योपनि घर अगाडिको सडक बत्तिका लागि । मरासेनीको मनसाय बुनपाका टोलसुधार समितिलाई पनि रकम नदिने सोचाइतिर लक्षित थियो । हाल बुनपाभित्र करिब ५०० हाराहारीमा टोलसुधार समितिहरु रहेको अनुमान गरिन्छ । गाविस छँदा होस् वा अहिले नगरपालिका बनेपछि विकास निर्माणको  कार्यमा ५० प्रतिशत हिस्सेदारी टोलसुधार समितिले लिएको छ ।
यस क्षेत्रको विकासमा विशेष भूमिका खेलेका टोलसुधार समितिहरुलाई एकाएक नगरपालिकाले हेर्ने दृष्टिकोणमा फरक पर्ने देखिएपछि यस क्षेत्रको विकानै प्रभावित हुनसक्ने देखिन्छ । सँधै धुलिखेल धुलिखेल भनेर नथाक्ने कार्यकारी अधिकृत मरासेनी बुनपा आएपछि बुनपाले केही काम गर्ने कार्यकारी पाएको अाश गरेकोमा भएका तथा कानुनी आधारमासमेत बैधानिक टोलसुधार समितिलाई कमजोर बनाउनु पर्ने धारणा राखेपछि उनीप्रतिको विश्वास कम बन्न सक्ने देखिएको छ । संघ संस्था दर्ता एेन अन्तर्गत जिल्ला प्रसासन कार्यालयबाट दर्ता र स्थानीय कर कार्यलायामा दर्ता गरि टोलसुधार समिति चलाइन्छ । टोलसुधार समितिको कार्यसमिति ११ देखि २१ र विभिन्न उपसमितिहरु निर्मण गरि चलाउने प्रचलन रही आएको छ भने प्रत्यक वर्ष साधारणसभा र २ वर्षमा अधिवेशन   गरि आर्थिक तथा कार्य विवरण सार्वजनिक गर्ने गरिन्छ ।
अब विकास निर्माण उपभोक्ता समितिबाट मात्र !
सो कार्यक्रममा एकपटक फेरि धुलिखेल नगरपालिकालाई हवाला दिँदै कार्यकारी अधिकृत  मरसेनीले उपभोक्ता समिति मार्फत विकास निर्माण कार्य गर्ने बताए । हाल नगरपालिकाको ४०  देखि ४५  प्रतिशत विकास निर्माणको काम उपभोक्ता समिति गठन गरि गरिदै आएको छ । उपभोक्तासमिति गठन गर्दा कुनै सरकारीनिकायमा दर्ता गरिने गरेको छैन । उपभोक्ता समिति गठन भएको जानकारीहरु वडा कार्यालयले समेत प्राप्त गर्ने अबस्था नभएको बेला विगतदेखि नै उपभोक्ता समितिहरूमाथि अनियमितता र भ्रष्टाचारको दाग लाग्दै आएको छ ।
बजेट उपभोग गर्ने बेलामा लक्षित् गरि उपभोक्ता समिति गठन गरिन्छ र बजेट सकिएपछि समिति सोत निक्रिय बन्ने गरेको छ । उपभोक्ता समिति प्रति कार्यकारी अधिकृतको यो अत्यन्त ठूलो अनुराग तथा टोलसुधार समितिसँगको द्वेषप्रति अनुगमन समिति सदस्यहरूले बेखुशी देखाए । कार्यक्रममा सहभागि भएका अनुगमन समिति सदस्य पुरूषोत्तम कोइरालाले कार्यकारी अधिकृतले प्रकटगरेको विचार गम्भीर रहेको बताए । कोइरालाले कार्यकारी अधिकृत मरासेनीको धुलिखेल अनुरागप्रति ब्यांग गर्दै उनले धुलिखेलमा के गरे भन्नेकुराको अर्थ बुनपालाई चासो नभएको बताए । 
 यस्तै अर्का अनुगमन प्रतिनिधि  राजु अधिकारिले  नगरको विकासमा कार्यगर्दै आएका नियमित नविकरण भएका टोलसुधा समितिलाई विकासनिर्माणमा  उल्यखिय  सहभागी गराउनु पर्ने बताए ।उनले भने नगर प्रमुखको भनाइ भ्रामक छ ।
तपाइँको प्रतिक्रिया ।