कपनको शिद्धेश्वर महादेव मन्दिरमा शिव पुराण

कपनको शिद्धेश्वर महादेव मन्दिरमा शिव पुराण

कपन अनलाइन, ३ साउन, २०७३

बुढानिलकण्ठ नगरपालिका वडा नं १२  स्थित प्रशि्द्ध सिद्धेश्वर महादेवको मन्दिर हाताभित्र आजदेखि शिवपुराण आरम्भ भएको छ । शिवपुराण समितिको आयोजनामास्वामी शिवानन्द गुरुले शिवपुराणको शुभारम्भ गर्दै हिन्दूको आराध्यदेव शिवको मनपर्ने महिना साउन र मनपर्ने बार सोमबार भएकाले व्रत बसी हरियो पहिरन र पहेँलो चुरामा सजिएर निर्मल जल शिवलिङ्गमा चढाए मनोकाङ्क्षा पूरा हुने विश्वास हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएको जानकारी गराए ।

13770241_1267517109932989_9102818347986166169_n

स्वामी शिवानन्दले हिन्दु धर्मावलम्बीले विश्वकै जेठो धर्म हिन्दू र जेठो धार्मिकग्रन्थ वेदलाई आत्मसात् गरेमा आफू र आफ्ना परिवारले चिताएको पूर्ण हुने र दीर्घजीवी होइने बताए ।  शिव पुराण शुभारम्भ कार्यक्रमको अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उद्धवराज भट्टराईले बजेट अभावले मन्दिर र मन्दिर वरिपरि रहेका रुख र बोटबिरुवा जोगाउन कठिनाइ भएको जानकारी दिएका थिए । भट्टराईले शिवपुराणले यस क्षेत्रमा धार्मिक चेतना तथा जागरण आउने बताएका थिए । शिवपुराण कार्यक्रम १ साता चल्ने बताइएको छ ।

फोटो: उद्धवराज भट्टराई

तपाइँको प्रतिक्रिया ।